Photo of Milford Sound in New Zealand

असोज १५ , इटहरी,  
नेपाली सुगम गायन तथा पाश्र्व गायनका नम्बर एक गायक राजेश पायल राईको अत्याधिक पर्खाइमा रहेको एल्बम ‘दर्शन नमस्ते’को तेश्रो श्रृङ्खला ‘दर्शन नमस्ते–३’ सार्वजनिक भएको छ । फरक–फरक स्वादका गीत समावेश गरिएको एल्बमलाई विन्धवासिनी म्यूजिकले बजारमा ल्याएको हो । कार्यक्रममा विन्धवासिनीले गायक राजेशपायललाई १५ लाखको चेक हस्तान्तरण गरेको थियो । १५ लाखमा एल्बमको अधिकार किनिएको हो । 

नेपाली सांगीतिक क्षेत्रको व्यापारिक बजारमा खस्किरहेको समयमा राइलाई विन्धवासिनीले मोटो रकम दिएर नयाँ प्रथाको सुरु वात गरेको छ । गायक राइले ‘दर्शन नमस्ते ३’ एल्बम बजारमा ल्याउनु आफैमा चुनौती भएको भन्दै सबैलाई मनपर्ने शैलीमा गीत तयार पारेको बताए । उनले डिसेम्बरबाट गीतका भिडियो निर्माण सुरु गर्ने पनि जानकारी दिए । यो एल्बममा ९ वटा गीत समावेश गरिएको छ । 

‘दर्शन नमस्ते, कुल्ची हिँड, लभ यू, छेनौ त, आयौ समिपै, कोही बिना, लाटो रिस, कान्छाले, बाबै आराखा’ बोलका गीत एल्बममा समावेश गरिएको छ । महेश खड्का, हरि लम्साल, सन्तोष राज, विनोद खम्बु, राई नविन, इन्दिरा जोशीको यो एल्बममा संगीत छ । यस्तै, महेश खड्का, रत्नशमशेर थापा, डाक्टर नवराज लम्साल, दिनेश अधिकारी, राम रेप्चुङ राई, नरेश भट्टराई, केदार सुनुवारको यो एल्बमका गीतमा शब्द समावेश गरिएको छ । 
हेर्नुस भिडियो :



via IFTTT

from SHYANE http://ift.tt/2dvLKdt
via IFTTT

0 comments:

Post a Comment

add

 
Top