Photo of Milford Sound in New Zealand

असोज २१, इटहरी,
नेपालकी चर्चित नायिका तथा फिल्म निर्माता रेखा थापाले आउँदो मंसिरमा नयाँ घरजम गर्ने तयारी गरेको बताएकी छन् । उनका पूर्वपति छवि ओझाले दशैंको टिकाको साइतमा नवनायिका शिल्पा पोखरेलसँग विहे गर्ने खबर बाहिर आइरहेका बेला रेखा थापाले पनि आफ्नो विहे मंसिरको पहिलो साता हुने खुलासा गरेकी हुन् ।

बिबिसी नेपालि सेवा को फेसबुक लाईकर ३० लाख पुगेको उपलक्ष्य मा पहिलो फेसबुक भिडियो लाईभ अन्तर्वार्तामा नायिका थापाले आउने मंसिरमा विहे गर्ने तयारी रहेको बताइन् । तर हुनेवाला पतिको नाम चाहीँ खुलाउन चाहिनन् । हुनेवाला पति को त ? भन्ने पत्रकारको जिज्ञासामा, उनले नाम अहिले नभनौं तर पेशा चाहीँ चलचित्र क्षेत्रको भन्दा बाहिरको हो, विहेपछि थाहा भइहाल्छ नि भनेर बात मारिन् ।

यसअघि नै रेखाले आफूले विगतलाई सम्मान गर्दै अर्को विहे गर्ने तयारीमा रहेको बताइकी थिइन् । उक्त अन्तर्वार्तामा छविराज ओझासँग आफ्नो विहे नभएको समेत रेखाले दावी गरिन् । निर्माता छविराज ओझा र रेखा मध्य कसको पहिले बिहे हुने हो त्यो भने दर्शक श्रोतले पर्तिक्षा गर्नु पर्ने देखिन्छ l 
                                                                                                   बिबिसी नेपालि सेवाको फेसबुक बाट 



via IFTTT

from SHYANE http://ift.tt/2dcI82D
via IFTTT

0 comments:

Post a Comment

add

 
Top