Photo of Milford Sound in New Zealand

असोज २१, इटहरी,
सुनसरीको रामधुनीभासि झुम्का बजार ब्यवसायीक रुपले अगाडी बढिरहेको छ । बजार तिब्ररुपमा बृदि भईरहेको छ । ब्यवसायीहरु लगानी गर्नका लागी सहिठाउँ रोजने झुम्का बजार बन्दै गएको छ । 
 यसैगरी मनोरञ्जनका लागी ४ करोडको लगानीमा निर्माण गरीएको म्याजिक सिनेमा थ्रिडि मल्टिप्लेक्स सुक्रवार देखि सञ्चालन हुदै छ । झुम्कामा अबका दिनमा दर्शकले गर्मि र बस्न सकस भएर चलचित्र हेर्नु भन्दा सजिलो अरामदायी संगले यस सिनेमा हलमा मनोरंजन लिन सकिने छ । 
रामधुनीभासि ५ स्थित झुम्का बजारको साईराम मार्केटमा रहेको “म्याजिक सिनेमा थ्रिडि मल्टिप्लेक्स” सुक्रवार देखि प्रत्येक दिन चार शो चल्लने जस्मा बिहान ९ बजे र साँझ ६ बजेको शो मा हिन्दि चलचित्र चल्लने छ भने १२ बजे र ३ बजेको शोमा नेपाली चलचित्र चल्ने जनाएको छ । दर्शकहरुलाई मध्यनजर गर्दै यस हलमा बिशेष सुबिधा सहित सञ्चालन हुने सिनेमाहलका महाप्रबन्धक पर्शुराम चौधरीले जनाएको छ । 
चौधरीका अनुसार डल्बि डिजिटल साउन्ड सिस्टम पिक्चर क्वालिटी भएको साथ फुलऐसि,फराकिलो आरामदायी सिट भएको बिशेष सुबिधारहेको बताउनु भयो । यस सिनेमा हलमा तल्लो श्रेणिमा र माथि बाल्कोनी गरी एक सय पचासओटा आरामदायी सिट रहेको छ ।



via IFTTT

from SHYANE http://ift.tt/2d8UFnO
via IFTTT

0 comments:

Post a Comment

add

 
Top