Photo of Milford Sound in New Zealand

असोज १८,(सुवास संकल्प)-इटहरी,
औपचारिक शिक्षा हासिल गर्न नसके पनि निकै प्रतिभावान लेखिका मानिने झमक कुमारी घिमिरे लिखित कृति " जीवन काडा कि फुल " अब फिल्म को रुप मा आउने भएको छ l भर्खेरै मात्र सार्बजनिक भएको टिजर ले यो कुराको पुस्टि गरेको हो l 

बिस्ट ब्रोदर फिल्मस् को ब्यानर मा बनेको उक्त फिल्ममा कथा झमक कुमारी घिमिरे "जीवन काँडा कि फूल" कै रहेको छ भने फिल्मको निर्माता तथा निर्देशक बिनोद बिस्ट हुन् l त्यस्तै कार्यकारी निर्माता मा बद्रि चौहान र उमेश सुबेदी रहेका छन् l फिल्म मा सम्बाद लेखिका झमक कै रहेको छ, उनलाई मुक्ति उपाध्याय बराल ले साथ् दिएका छन् भने मुक्ति कै पटकथा रहेको छ l संगीत प्रकाश सिवाकोटी, छायांकन शिव ढकाल, नृत्य कमल राई र फिल्मको लागि झमक र प्रकाश सिवाकोटीले गीत लेखेका छन् l 

सन् १९८० मा धनकुटा मा जन्मेकी झमक कुमारी घिमिरे प्रतिभावान नेपाली महिला स्रष्टा हुन । मष्तिस्क रोग द्वारा पीडित घिमिरे विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुन । जन्मदेखि नै हात गोडा नचल्ने, उभिन, हिँड्न, बोल्न नसक्ने तर सुन्न र बुझ्न चाहीँ सक्छिन । खुट्टाको ३ औला मात्र चल्ने उनले तिनै ३ औलाको सहयोगले धेरै रचना प्रकाशित गरिसकेकि छिन । 

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र् लेखेको, देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेकि हुन् । उनको २०५३ सालदेखि लेखनमा रुचि बढेको हो । झमकले प्रबल गोरखा दक्षिण बाहु, चौथो लगायत दर्जनौँ पुरस्कार एवं सम्मान पनि प्राप्त गरेकी छन् ।
फिल्म को रिलिज मिति तोकिएको छैन भने अहिले टिजर मात्र सार्बजनिक भएको हो l
हेर्नुस भिडियो :





via IFTTT

from SHYANE http://ift.tt/2dGPtFQ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top