Photo of Milford Sound in New Zealand

असोज २०, (सुवास संकल्प)-इटहरी,
नेपाली लोकगायन क्षेत्रकी बहुचर्चित गायिका मुना थापा मगर र अर्का चर्चित गायक पुरुषोत्तम सत्यालको स्वरमा रहेको दशैँ बिसेष गीत हालै सार्बजनिक भएको छ l 
“दशैँ तिहार मान्न आउछु गाउँमा” बोलको गीत सार्वजनिक भएको हो l गीतमा मधुकर थापाको शब्द र पुरुषोत्तम सत्यालको लय रहेको छ । यसअघि पनि तीजको बेलामा मुना, पुरुषोत्तम र मधुकरको सहकार्यमा बजारमा आएको गीत पानी पोकेले दर्शक श्रोताको अत्याधिक माया पाएको थियो ।
अरुण थापा मगरको प्रस्तुति रहेको गीत एम.पि. क्रियशनमार्फत बजारमा आएको हो । स्मृति तिमिल्सिना गुरुआमाद्धारा निर्देशित गीतको म्युजिक भिडियोमा केशव बस्नेत र आर्या जोशीको अभिनय छ । सुरेश श्रेष्ठले छायांकन गरेको भिडियोलाई दिपक बिष्टले सम्पादन गरेका हुन् ।
हेर्नुस भिडियो :




via IFTTT

from SHYANE http://ift.tt/2e63TD5
via IFTTT

0 comments:

Post a Comment

add

 
Top