Photo of Milford Sound in New Zealand

असोज २० (सुवास संकल्प)-इटहरी,
बर्ष २०७३ को उत्कृष्ट चलचित्र मध्ये एक हो "पशुपति प्रसाद" l अब फेरी पनि यहि टीम ले अर्को चलचित्र निर्माण को घोषणा गरेको छ l फिल्म निर्माण कम्पनि टुकी आर्ट्स ले बिज्ञप्ति जारि गर्दै अबको नया चलचित्र "धनपति" निर्माण को घोषणा गरेको हो l 
बिज्ञप्ति मा "एउटा सपना छ, थोरै भए पनि बिरासतामा पाएको अहंकार अझै पनि बाकि छ ... सपना र अहंकारले एउटा मान्छेलाई कता कता ठोक्याउछ ? चलचित्र धनपति को कथा यहि वरिपरि घुम्छ" भनिएको छ l चलचित्र धनपति मा कथा, पटकथा तथा संबाद खगेन्द्र लामिछाने ले लेखेका छन् भने रोजिना सिटौला निर्माता रहने फिल्म मा रजना नापित र समीर देबकोटा सह निर्माता रहने छन् l त्यस्तै सहायक निर्माता ओम गुरुङ रहने भएका छन् l 
आउदो माघ बाट सुटिङ्ग सुरु गरिने यस चलचित्र लाई २०७४ साल मा प्रदर्शन गरिने छ भने धनपति को मुख्य कलाकार मा खगेन्द्र लामिछाने नै रहेका छन्, अन्य कलाकार हरु को छनौट कार्य सुरु भएको छ l यस चलचित्र मा पनि पशुपति प्रसाद फिल्म कै निर्देशक दिपेन्द्र के खनाल दोहोरिने छन् भने उनि द्वारा निर्देशित अर्को फिल्म "लभ लभ लभ" पनि प्रदर्शन को लाईनमा छ अर्थात बर्ष ७४ को पहिलो दिन बैशाख १ गते प्रदर्शन हुने तयारिमा छ l 
पशुपति प्रसाद को अपार सफलता पछि हौसिएको यो टीम ले अब निर्माण गर्ने फिल्म धनपतिले पनि दर्शक को मन जित्न सफल हुने मा आसावादी रहेको बिज्ञप्ति मा उल्लेख गरिएको छ l बिज्ञप्ति संग संगै फिल्म को अफिसियल लोगो पनि रिलिज गरेको छ l 



via IFTTT

from SHYANE http://ift.tt/2cUznvT
via IFTTT

0 comments:

Post a Comment

add

 
Top