Photo of Milford Sound in New Zealand

कार्तिक ३, इटहरी, 
पाकिस्तानमा एक चिया बेच्ने व्यक्ति इन्टरनेटको नयाँ सनसनी बनेका छन् । यी व्यक्तिको तस्बिर सोसल मिडियामा तीब्र रुपमा भाइरल हुनुका साथै महिलाहरुमा उनीमाथि आफ्नो प्रेम दर्साउनका लागि होडबाजी गरिरहेका छन् ।
यी व्यक्तिलाई पाकिस्तानीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग तुलना गरेर सोसल मिडियामा ठट्यौलीसमेत गरेका छन् । यी व्यक्तिको तस्बिर सोसल मिडियामा आएलगत्तै महिलाहरु उनीमाथि फिदा भएका छन् । यी व्यक्तिको व्यक्तित्वको बारेमा मानिसहरु प्रतिक्रिया जनाइरहेका छन् र बलिउड स्टारसँग तुलना गरिरहेका छन् ।
 वास्तवमा @jiah_ali  इस्लामावादका यी चिया बेच्ने व्यक्तिको तस्बिर पोष्ट गरे जुन सोसल मिडियामा भाइरल बन्यो । निलो आँखा भएको यी व्यक्तिको तस्बिरमा मानिसहरुले निकै चाख लिइरहेका छन् । महिलामात्र नभई पुरुषले पनि यी व्यक्तिको बारेमा आ–आफ्नो धारणा व्यक्ति गरिरहेका छन् ।
कसैले आफूलाई यी चिया बेच्ने व्यक्तिजस्तै श्रीमान् चाहिएको बताएका छन् भने कसैले उनलाई बलिउडका निकै चर्चित कलाकारभन्दा सेक्सी भएको टिका–टिप्पणी गरेका छन् । उनको विषयमा सोसल मिडियामा कस्तो प्रतिक्रिया आइरहेको छ, हेरौं । 



                                                                                                                          रातोपाटि बाट 





via IFTTT

from SHYANE http://ift.tt/2dq1gaz
via IFTTT

0 comments:

Post a Comment

add

 
Top