Photo of Milford Sound in New Zealand

असोज २०, (सुवास संकल्प)-इटहरी,
नृत्य पारखी हरुको लागि नेपालकै सबै भन्दा ठुलो प्लेटफ़म "राष्ट्रव्यापी एकल नृत्य प्रतियोगिता-छमछमी ३" फेरी सुरु हुने भएको छ l 
नेपाल को सरकारी मातहत बाट संचालित एक मात्र टेलिभिजन "नेपाल टेलिभिजन" ले संचालन गर्ने उक्त डान्सिङ्ग रियालिटी सो "छमछमी" को यो तेस्रो सृंखला हुने छ l नेपाल भरिका कुना काप्चा मा लुकेर रहेका नृत्य प्रतिभाहरु लाई उजागर गर्ने हेतु ले संचालन गरिएको उक्त प्रतियोगिता को नेपाल भरि अडिसन रहने छ l 
 छमछमी र छमछमी २ को अपार सफलता साथै राम्रो प्रतिभा लाई सबै सामु चिनाएर प्रसंसित छमछमी टीम ले यो तेस्रो सृंखला को पहिलो अडिसन मिति र स्थान छमछमी ३ को भिडियो प्रोमो संगै सार्बजनिक गरिएको छ l 
 प्रतियोगता को पहिलो अडिसन काठ्माण्डो मै यहि कार्तिक ४ र ५ गते रहने छ भने अडिसन स्थान नेपाल टेलिभिजन मा राखिएको छ l रियो मुख्य प्रायोजक रहेको यो प्रतियोगिता को अडिसन साथै फाइनल को प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजन बाट गर्ने गरिन्छ l 
बिजेता ले विभिन्न पुरस्कार का साथै फिल्म, म्युजिक भिडियो तथा स्टेज कार्यक्रम हरुमा पनि बिषेश सहभागिता जनाउन पाउने गरेको छ l 


हेर्नुस भिडियो :




via IFTTT

from SHYANE http://ift.tt/2dxKzg4
via IFTTT

0 comments:

Post a Comment

add

 
Top