Photo of Milford Sound in New Zealand

फागुन २ । भारतमा जारी १२औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् महिला फुटबलमा नेपालले श्रीलंकामाथि ४–० को जित हासिल गरेको छ ।

शनिबार भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकामाथि जित हासिल गर्नेक्रममा साबित्रा भण्डारीले दुई तथा सपना लामाले एक गोल गरिन् ।

एक गोल भने नेपालले श्रीलंकाली खेलाडीको आत्मघाती गोलले उपहारस्वरुपपाएको थियो ।

पाँच राष्ट्र सहभागी महिला फुटबल ‘राउन्ड रोबिन लिग’को आधारमा सन्चालन गरिएको छ । १० अंक जोडेको नेपाल अंक तालिकाको शीर्ष स्थानमा छ ।

अब स्वर्ण पदकका लागि नेपालले भारतसँग खेल्नेछ । भारतले समूहको अन्तिम खेलमा शनिबार बंगलादेशलाई ५–१ ले हरायो ।

समूह चरणको खेलमा नेपालले भारतसँग बराबरी खेलेकाले पनि फाइनल भिडन्त रोमान्चक हुने अपेक्षा गरिएको छ । महिला फुटबलमा बंगलादेश तेस्रो स्थानमा रहँदै कास्य जितेको छ । 


from ARENA http://ift.tt/1O8W1Xb
via IFTTT

0 comments:

Post a Comment

add

 
Top