Photo of Milford Sound in New Zealand

फागुन १४ । प्रधानसेनापति प्रथम राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले जितेको छ ।

ललितपुरको लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा शुक्रबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा हराउँदै सेनाले उपाधि जितेको हो ।

पहिलो सेट २५–१९ ले जितेको आर्मी क्लबले दोस्रो सेटझनै सहजरुपले २५–१३ ले आफ्नो पक्षमा पार्‍यो ।

यसैगरी, तेस्रो सेट २५-२१ ले जित्दै सेनाले विभागीय प्रतिद्धन्द्धी पुलीस क्लबविरुद्ध प्रभावशाली जित निकालेको हो ।

प्रतियोगितामा आर्मी क्लबका धनबहादुर भट्टले उत्कृष्ट खेलाडी घोषित हुँदै पल्सर मोटरसाइकल हात पारे ।

नेपाली सेनाले पहिलोपटक आयोजना गरेको प्रधानसेनापति राष्ट्रिय भलिबल प्रतियोगितामा ५ विकास क्षेत्र, नेपाली सेनाका दुई टिम, पुलिस क्लब र सशस्त्र प्रहरीको एपीएफ टिम गरी कुल ९ टोली सहभागी थिए ।


from ARENA http://ift.tt/1WPFwW9
via IFTTT

0 comments:

Post a Comment

add

 
Top