Photo of Milford Sound in New Zealand

माघ २३ । इलाममा सम्पन्न माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापा–११ ले जितेको छ ।

शनिबार भएको फाइनलमा सशस्त्र प्रहरीको टिमलाई २–० ले पराजित गर्दै झापाले उपाधि जितेको हो । झापालाई जिताउनेक्रममा विशाल राई र योगेश गुरुङले एक–एक गोल गरे ।

खेलको २६औं मिनेटमा झापाका कर्ण लिम्बूको पासमा विशाल राईले गोलगर्दै टोलीलाई अग्रता दिलाएका थिए । ७५औं मिनेटमा योगेश गुरुङले अर्को गोल थपेका हुन् ।

उपाधिसँगै झापाले तीन लाख ५० हजार रुपैयाँ हात पारेको छ । त्यस्तै, उपविजेता सशस्त्रले एक लाख ७५ हजार रुपैयाँ जितेको छ ।

सेमिफाइनलमा झापाले रुपन्देही–११ लाई तथा सशस्त्रले अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई हराएको थियो । 


from ARENA http://ift.tt/1PHXsBx
via IFTTT

0 comments:

Post a Comment

add

 
Top