Photo of Milford Sound in New Zealand

फागुन ८। आहारारा गोल्डकप जितेको तीन हप्ता पूरा नहुँदै लक्ष्मी हुण्डाई मनाङ मस्याङ्दीले शनिबार हेटौंडामा प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता जितेको छ ।
फाइनलमा नेपाल आर्मीलार्इ टाइब्रेकरमा ४-१ गोलअन्तरले पराजित गर्दै मनाङले उपाधिमा आफ्नो नाम लेखाएको हो ।
आहारारा गोल्डकपको फाइनलमा व्यहोरोको हारको बदला लिने उद्देश्य साथ मैदानमा उत्रिएको आर्मीले साग विजेता टोलीका सदस्यद्वय विकेश कुथु र नवयुग श्रेष्ठलाई मैदानमा उतारेपनि कुनै जादु देखाउन सकेन ।
निर्धारित ९० मिनेट र थप गरिएको २० मिनेटमा पनि दुवै तर्फबाट गोल नभएपछि खेलको नतिजाका लागि ट्राइब्रेकरको सहारा लिइएको थियो । विजयी टोलीको तर्फबाट टाइब्रेकरमा आद्मबोह सिसेको, अनिल गुरुङ, सुजल श्रेष्ठ र बालोफिनिगो मौसाले गोल गरेका थिए ।
आर्मीका तर्फबाट एकमात्र गोल जितेन्द्र कार्कीले गरेका थिए । हिरण्य मगर र सन्तोष तामाङको प्रहार आकासिएको थियो । उपाधिसँगै मनाङले नगद तीनलाख रुपियाँ र आर्मीले डेढ लाख रुपियाँ प्राप्त गर्‍यो ।
प्रतियोगितामा चार गोल गरेको मनाङका अफिल ओलावाले सर्वोत्कृष्ट खेलाडी घोषितहुँदै नगद ३० हजार रुपियाँ प्राप्त गरे ।
मनाङका किरण चेम्जोङ उत्कृष्ट गोलरक्षक, आर्मीका जितेन्द्र कार्की उत्कृष्ट डिफेन्डर, आर्मीका टंक बस्नेत उत्कृष्ट मिडफिल्डर, मनाङका अनिल गुरुङ उत्कृष्ट फरवार्ड र मनाङका छिरिङ लोप्साङ उत्कृष्ट प्रशिक्षक घोषित हुँदै नगद दशहजार रुपैयाँ प्राप्त गरेका थिए ।


from ARENA http://ift.tt/21gUW91
via IFTTT

0 comments:

Post a Comment

add

 
Top