Photo of Milford Sound in New Zealand

माघ २९।  वेष्ट इण्डिज यू-१९ विश्वकप क्रिकेटको फाइनलमा पुगेको छ । अब उपाधिका लागि भारतसँग खेल्नेछ ।
बिहीबार भएको दोस्रो सेमिफाइनलमा वेष्टइण्डिजले घरेलु टोली बंगलादेशलाई ३ विकेटले पराजित गरेको छ ।
मीरपुरमा पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २२६ रन बनायो । उसका लागि मेहदी हसन मिराजले ६० रन जोडे ।
जवाफमा मैदान उत्रिएको वेष्टइण्डिजले अन्तिम ८ बल खेल्नु अघि ७ विकेट गुमाएर लक्ष्य भेट्टायो । उसका लागि शमर स्पिङगरले ६२ रन बनाए भने सिम्रन हेटमायरले ६० रन जोडे ।
भारत यसअघि नै श्रीलंकालाई हराएर उपाधि नजिक पुगिसकेको छ । फाइनल खेल आइतबार हुनेछ ।


from ARENA http://ift.tt/1XmzXiQ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top