Photo of Milford Sound in New Zealand

फागुन ३। फागुन ८ गतेदेखि धरानमा हुने १८औं अन्तर्राष्ट्रिय बुढासुब्बा रेडबुल फुटवल प्रतियोगिता एक हप्ता पछाडी सरेको छ । आयोजक धरान फुटवल क्लवले पत्रकार सम्मेलन गरी प्रतियोगिता फागुन १५ देखि २२ गतेसम्म गरिने जानकारी दिएको हो ।
क्लवका अध्यक्ष किशोर राईले अखिल नेपाल फुटवल संघको असहयोगले प्रतियोगिता सार्नुपरेकोगुनासो गरे । माघ २८ गतेदेखि गर्ने भनिएको विराट गोल्ड कप फागुन ५ गते सारेका कारण बुढासुब्बा गोल्डकप सार्नु परेको पत्रकार सम्मेलनमा बताइयो ।
एन्फाले सार्वजनिक गरेको तालिका अनुसार आफुखुशी प्रतियोगिता सार्दासमेत कार्वाही नभएकोमा राईको असन्तुष्टि थियो । भारतीय दुई टीमसहित आठ टिमले सहभागिता जनाउने प्रतियोगितामा मनाङ मर्स्याङ्दी, त्रिभुवन आर्मी, सशस्त्रको एपिएफ क्लव, रुपन्देही ११, कास्की ११, आयोजक धरान फुटवल क्लव सहभागि हुनेछन् ।
भारतका दुई क्लवमा भने दुर्गापुर फुटवल क्लव र शियर क्लव सहभागि हुनेछन् । विजेताले ४ लाख र उपविजेताले २ लाख नगद पाउने छन् ।


from ARENA http://ift.tt/20xRKUv
via IFTTT

0 comments:

Post a Comment

add

 
Top