Photo of Milford Sound in New Zealand

माघ २५ । भारतको सिलोंगमा जारी १२औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् सोमबार नेपालले पहिलो स्वर्ण पदक जितेको छ ।

प्रतियोगिता सुरु भएको चौथो दिनमा नेपालले स्वर्ण पदक जितेको हो । उसुतर्फको नान्ताओउतर्फ निमा घर्तिमगरले नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् । आइतबार भएको पहिलो चरणमा उनले ८.४५ र सोमबार भएको दोस्रो चरणमा८.४६ गरी कुल १६.९१ अंकसहित स्वर्ण जितेकी हुन् । रुकुम घर भएकी १६ वर्षीया निमा ललितपुरको ग्वार्कोमा बस्छिन् । उनी डनबस्को बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत छिन् । उनको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता हो ।
स्वर्ण जितेकी उनले देशका लागि पहिलो स्वर्ण पदक दिलाउन सकेकामा आफूलाई एकदमै गर्व लागेको बताइन् ।
यस्तै, उसुको नानकुनतर्फ पनि सोमबार नेपालले एक रजत पदक प्राप्त गरेको छ ।
सोमबार भएको प्रतिस्पर्धामा नेपालका युवराज थापाले रजत पदक जितेका हुन् । उनले पहिलो चरणमा ८.८८ र सोमबार भएको दोस्रो चरणमा ९.२१ गरी कुल १८.१३ अंकसहित रजत पदक दिलाएका हुन् ।

सोमबारको प्रतिस्पर्धामा सबैभन्दा धेरै अंक प्राप्त गरे पनि आइतबारको प्रतिस्पर्धामा केही अंक कम भएकाले रजतमा चित्त बुझाउनुपरेको हो । उनको भन्दा ०.७ अंकले अघि रहेको भारतले स्वर्ण पदक जित्यो ।

यी पदकसँगै नेपालको पदक संख्या ११ पुगेको छ । जसमा १ स्वर्ण, ४ रजत र ६ कास्य छन् । रासस 


from ARENA http://ift.tt/20GFEOc
via IFTTT

0 comments:

Post a Comment

add

 
Top