Photo of Milford Sound in New Zealand

फागुन ४ । १२औं दक्षिण एसियाली खेलकुद (साग)को अन्तिम दिन जुडोबाट नेपालले थप तीन कास्य पदक जितेको छ ।

महिला र पुरुष गरी ४ स्वर्ण पदकका लागि भएको खेलमा भारत र पाकिस्तानले समान २–२ स्वर्ण पदक प्राप्त गरे ।

मंगलबार सिलोङको पोलो ग्राउन्डस्थित कभर्डहलमा ‘राउन्ड रोबिन लिग’को आधारमा खेलाइएको प्रतियोगिताको महिला७० केजीमुनि गंगा चौधरी कास्य पदकमा नै सीमित भइन् ।

अन्तिम क्षणमा आफूलाई सम्हाल्न नसक्दा उनी कास्यमा सीमित भएकी थिइन् । सो स्पर्धामा भारतकी पूजाले स्वर्ण, पाकिस्तानकी बेनिस खानले रजत र बंगालादेशकी जयाराथेंले कास्य जिते ।

यस्तै, महिलाको ७८ केजीमुनिको तौलमा पुनम श्रेष्ठले पनि आफूलाई कास्यभन्दा माथि लैजान सकिनन् । सो तौलमा पाकिस्तानकी मुमताज फौजीले स्वर्ण पदक जितिन् ।

भारतकी अरुनाले रजत र श्रीलङककी डब्लुजीएलडी जयवर्दनेले कास्य पाइन् ।

पुरुषतर्फको १०० केजीमुनिको तौलमा शिवबहादुर बरामले कास्य पदक पाए । सो स्पर्धामा पाकिस्तानले स्वर्ण, भारतले रजत र अफगानिस्तानले कास्य पाए ।

यससँगै जुडोबाट नेपालले १ स्वर्ण, २ रजत र ६ कास्य पदक प्राप्त गर्‍यो । 


from ARENA http://ift.tt/1POdMgs
via IFTTT

0 comments:

Post a Comment

add

 
Top