Photo of Milford Sound in New Zealand


फागुन  । नेपाली धावक उपेन्द्र सुनुवारले हङकङको सइकुङमा भएको ‘एमएसआई जी-फफ्टी अल्ट्रा म्याराथन’ को उपाधि जितेका छन् । उनले ५४ किलोमिटरको दुरी ५ घण्टा ४१ मिनेट २३ सेकेण्डमा पुरा गरे ।
प्रतियोगितामा दोस्रो भएका फ्रान्सका पेरी आन्द्रे फेरि नेपालका सुनुवार भन्दा १० सकेण्ड मात्र पछि परे । उनले ५ घण्टा ४१ मिनेट १३ सेकेण्डमा दौडको दुरी पार गरे ।
रोचक के छ भने, अल्ट्रा म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुनेहरु बीच ७० सेकेण्डको मात्रै फरक रह्यो । तेस्रो भएकी न्युजिल्याण्डकी म्याक नौघटनले ५ घण्टा ४२ मिलेट ३० सेकेण्डमा लक्ष्य भेट्टाइन् ।
दौडको दुरी पार हुने अन्तिम समयमा सँगसँगै रहँदा भएको तीव्र प्रतिस्पर्धाले उनीहरुको अनुहारमा पीडा महसुस भएको देखिएको अल्ट्रा म्याराथनका संयोजक माइकल म्याडेले बताए ।
उपाधि हात पार्न १० सकेण्डले चुकेका फ्रेन्च धावक आन्द्रे फेरिले भने-‘दौडको आधाआधीदेखि नै हामीसँगै थियौं । पेन्सुलामा आइपुग्दासम्म म अगाडी हुने स्थिति थियो । तर, अन्तिम समयमा मात्रै उनी अगाडी भए । यो निकै रोचक भयो ।’
‘ट्रायल रनिङ गाइड’का रुपमा काम गर्ने सुनुवार काठमाडौंबाट सय किलोमिटर बाहिर बस्ने गरेको एससीएमपी डटकमले जनाएको छ ।


from ARENA http://ift.tt/1OmzINT
via IFTTT

0 comments:

Post a Comment

add

 
Top