Photo of Milford Sound in New Zealand

माघ २२ । आईसीसी यु–१९ विश्वकप क्रिकेटको क्वाटरफाइनलमा आज नेपालले आयोजक बंगलादेशको सामना गर्दैछ । समुह ‘ए’ को विजेता बंगलादेश र समुह ‘डी’ को उपविजेता नेपालबीचको क्वार्टरफाइनल खेल नेपाली समय अनुसार बिहान पौने ९ बजेदेखि सुरु हुने छ ।
प्रतियोगिताको समुह चरणमा न्युजिल्याण्ड र आयरल्याण्डमाथिजित हासिल गरेको नेपाल भारतसँग भने पराजित भएको थियो । बंगलादेशले भने समुहमा दक्षिण अफ्रिका, नामिबिया र स्कटल्याण्डलाई पराजित गर्दै शतप्रतिशत नतिजा निकालेको थियो ।
टेष्ट मान्यता प्राप्त राष्ट्र बंगलादेश पछिल्लो समय क्रिकेटमा बलियो बन्दै गएको छ । आज पनि घरेलु मैदानमा बंगलादेशी युवा टोली उच्च मनोवलका साथ प्रस्तुत हुनेछ । तर, यु–१९ विश्वकप क्रिकेटमा जायन्ट किलरको छबी बनाएको नेपाल आज पनि विजयी नतिजा निकाल्दै इतिहास रच्ने दाउमा छ ।
यसअघि सन् २००० मा पहिलो पटक यु–१९ विश्वकपमा सहभागी हुँदा नै दोस्रो चरण पुगेको नेपाल क्वार्टरफाइनलमा पराजित भएको थियो । आज बिजयी हुँदै सेमिफाइनमा स्थान बनाउन सके समग्र नेपाली खेलकुदका लागि नै त्यो ऐतिहासिक उपलब्धी हुनेछ ।
यसैबीच एसोसिएट राष्ट्रबाट क्वार्टरफाइनलमा पुगेका नेपाल र नामिवियामध्ये शीर्ष स्थानमा रहने टोली अर्को पटकको विश्वकपमा सोझै छनोट हुने भएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको बोर्ड बैठकले दुई टोलीमध्ये शीर्ष स्थानमा रहनेलाई अर्को पटकको विश्वकपमा सोझै छनोट गर्ने निर्णय गरेको हो । बैठकले एसोसिएट राष्ट्रको पक्षमा निर्णय गर्दै यो विश्वकपको शीर्ष स्थानमा रहने एसोसिएट सदस्य सन् २०१८ को जनवरी १२ देखि फेब्रुअरी ४ सम्म न्युजिल्यान्डमा हुने १९ वर्ष मुनिको विश्वकपका लागि छनोट व्यवस्था गरेको हो ।
नेपालले यो मौका सदुपयोग गर्नका लागि नामिवियाभन्दा माथि रहनुपर्छ ।


from ARENA http://ift.tt/1nKPyMG
via IFTTT

0 comments:

Post a Comment

add

 
Top