Photo of Milford Sound in New Zealand

फागुन ८ । इङ्गल्याण्ड दक्षिण अफ्रिकासँगको दुई ट्वेन्टी–ट्वेन्टी क्रिकेट श्रृंखलाको पहिलो खेलमा तीन विकेटले पराजित भएको छ ।
शुक्रबार राति केप टाउनमा भएको खेलमा घरेलु टोली दक्षिण अफ्रिकाले एक सय ३५ रनको लक्ष्य निर्धारित २० ओभरमा सात विकेट गुमाएर भेट्टायो ।
दक्षिणअफ्रिकाका लागि फाप डु प्लेसिसले २५, जेपी डुमिनीले २३ तथा हासिम अमलाले २२ रन बनाए । इंग्ल्याण्डका क्रिस जोर्डनले तीन तथा मोइन अलीले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ८ विकेटको क्षतिमा एक सय ३४ रन बनाएको थियो ।
उसका लागि जोस बटलरले नटआउट ३२, एलेक्स हेल्सले २७ तथा ज्यासन रोय र क्रिस जोर्डनले समान १५ रन बनाए । दक्षिण अफ्रिकाका इमरान ताहिरले चार तथा कायल एबोटले दुई विकेट लिए । दोस्रो तथा अन्तिम ट्वेन्टी–ट्वेन्टी आइतबार हुने छ ।


from ARENA http://ift.tt/215DLdY
via IFTTT

0 comments:

Post a Comment

add

 
Top