Photo of Milford Sound in New Zealand

भदौ २५, सुवास संकल्प, इटहरी 
संगीत यस्तो चिज हो जसले हरेक मानिसको मन मष्तिष्क लाई ताजा बनाउछ l कुनै पल दुखमा संगीत सुनिन्छ भने सुख मा पनि संगीत को माधुर्यतामा रमाउने गर्छौ हामि l न त यसको जात हुन्छ न त कसैलाई धनि र गरिब भनेर औल्याउछ l 
सबौमा समान छ संगीत l दिन प्रतिदिन संगीत मा रम्ने र रमाउने हरुको लहर निकै बढ्दो छ l संगीत मा सुर मिलाउनु सामान्य कुरा हैन तर पनि यो क्षेत्र मा लाग्नेको भने कमि छैन l राष्ट्रिय स्तर बाट मात्र नभएर स्थानिय स्तर बाट पनि आफ्नो सपना पुरा गर्न अर्थात आफ्नो संगीत यात्रा लाई गन्तब्य मा पुर्याउन बर्षौ देखि दिन प्रतिदिन मेहनत र संघर्ष गरिरहेका छन् l 
 यहि क्रम मा मोफसल अर्थात भोजपुर को दिङ्ग्ल मा जन्मिएर पुर्व को केन्द्र इटहरी बाट आफ्नो संगीत सपना साकार पार्न मेहनत गरिरहेका छन् रक्षक राई l मेहनत नै सफलताको सुत्र मान्ने रक्षकले पहिलो एल्बम केहि बर्ष अगाडी नै बजार मा ल्याईसकेका छन् l आफ्नो पहिलो एल्बम "पहिलो प्रेम" नामांकन गरेर सार्बजनिक गरेपछि प्रतिक्रिया राम्रो बटुलेका रक्षक झनै हौसिएका छन् l 
 रक्षक भन्छन "आफु संग कला छ, गला छ र पनि अहिले को परिवेश मा यो क्षेत्र मा लागेर सहज रुप ले अगाडी बढ्न निकै कठिन रैछ" उनि फेरी थप्छन "पैसा र बैस चल्दो रैछ अहिले, कला पनि पैसा मा बिक्न थाले पछि हामि जस्ता मध्यम वर्गका व्यक्ति हरु जहाको त्यहि हुने रैछ" l "हिड्ने मान्छे लड्छ" भने जस्तै रक्षक पनि नलडी हिड्न सकेका छैनन्, किन कि अवस्था लड्नै पर्ने छ l जस्तो सुकै परिस्तिथि आए पनि संगीत यात्रा लाई निरन्तरता दिने उनको अठोट छ l 






बिगत ५ बर्ष देखि परिवार को साथ् र सपोर्ट सहित अगाडी बढिरहेका रक्षक राई अहिले इटहरी बाटै आफ्नो दोस्रो एल्बम को तयारी मा जुटेका छन् l आफ्ना आफन्त तथा साथिभाई को सहयोगमा दोस्रो एल्बम लाई "मायाको स्पर्श" नाम दिएका छन् l 

"पहिलो एल्बम बजार मा आएपछि सबैको न्यानो माया र आशिर्बाद छ, वहाहरु को त्यो अदृश्य मायाको स्पर्श लाई भुल्न सक्दिन त्यसैले दोस्रो एल्बम मायाको स्पर्श राखेको हो l" रक्षक भन्छन l 


छिटै नै दोस्रो एल्बम लाई सार्बजनिक गर्ने तयारि गरे संग संगै रक्षक ले आफ्नो गीत हरुको म्युजिक भिडियो निर्माण को लागि पनि तयारि थालेका छन् l 




via IFTTT

from SHYANE http://ift.tt/2cLJXSt
via IFTTT

0 comments:

Post a Comment

add

 
Top