Photo of Milford Sound in New Zealand

भदौ २८, इटहरी 
म्युजिक भिडियो बाट युवापुस्ता को ढुकढुकी बनेका र पछिल्लो समय फिल्म मा पनि ब्यस्त मोडल तथा नायक पल साह र प्रेम गीत बाट एकाएक चर्चा मा आएकी नायिका पुजा सर्मा को युगल जोडी अब पर्दा मा देख्न पाईने भएको छ । 
अघिल्लो फिल्म हरु मा उत्कृष्ठ निर्देसकीय क्षमता प्रस्तुत गरिसकेका निर्देशक सुदर्शन थापाले निर्देशन गर्ने आगामी चलचित्रमा मोडल पल शाह नायकको रुपमा फाइनल भएको हो । प्रेम गीत पछि सुदर्शनले निर्देशन गर्न लागेको अन टाइटल चलचित्रको यतिबेला स्क्रिप्टको काम भैरहेको निर्देशक थापाले बताए । ‘हामी भव्य कार्यक्रम गरेरै नयाँ फिल्म निर्माणको घोषणा गर्ने तयारी गरिरहेका छौ ।
निर्देशक थापाले यो चलचित्रमा पल साह को जोडी अर्थात नायीकाको रुपमा अन्य थुप्रै चलचित्र खेलेर पनि सफलता पाउन नसकेकी पुजा शर्मालाई लिने भएका हुन् । नायिका पूजाले चलचित्र प्रेम गीतमा गरेको गीत क्यारेक्टरलाई दर्शकले निकै रुचाएका थिए । प्रेम कथामा बन्ने यस चलचित्रका गीतहरुमा अर्जुन पोखरेलको संगीत सुन्न सकिनेछ भने फिल्म तिहार पछि छायांकनमा जाने निर्देशक सुदर्सन थापाले जानकारी गराए ।



via IFTTT

from SHYANE http://ift.tt/2ckbIjZ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top