Photo of Milford Sound in New Zealand

भदौ १८, इटहरी 
गएको बर्ष बक्स अफिस मा राम्रो सफलता कमाएर सक्सेस पार्टि मनाएको फिल्म 'प्रेमगीत'को सिक्वेलमा निर्देसक परिवर्तन भएको छ । स्कृप्ट लेखक रामशरण पाठकले 'प्रेमगीत २' लाई निर्देशन गर्ने फिल्मका निर्माता सन्तोष सेनले बताए । 
 निर्माता सेनले आफ्नो जन्म दिनको अवसर परेर प्रेम गीत २ फिल्मको निर्देशक सार्वजनिक गरेका हुन् । सफल 'प्रेमगीत' लाई सुदर्शन थापाले निर्देशन गरेका थिए भने उक्त फिल्मका लेखक लाई नै सिक्वेल को निर्देशक घोषणा गरिएका पाठक हुन् । 
 त्यस्तै प्रेमगीत सिक्वेलमा हिरोईन पनि नयाँ अनुहार आउने पक्का भएको छ । प्रेम गीत मा पुजा सर्मा हिरोइन रहेको मा अब भने निर्माता सेनले आफ्नो नया फिल्म मा नयाँ तर ट्यालेन्ट अनुहारलाई अनुवन्ध गरिसकेको जानकारी गराए ।
 तर नया हिरोइन मा को रहने भन्ने कुरा मा भने सेन ले नाम खुलाउन चाहेनन् । तर प्रेम गीत २ को हिरो भने पहिलो फिल्म 'प्रेमगीत' बाटै लोकप्रिय बनेका हिरो प्रदिप खड्का नै हुनेछन् । खड्का पछिल्लो समयका हटकेक हुन् । 'प्रेमगीत'मा प्रदिपको अपोजिटमा हिरोईन पूजा शर्मा थिईन् ।
हेर्नुस भिडियो : 




via IFTTT

from SHYANE http://ift.tt/2ccu6gc
via IFTTT

0 comments:

Post a Comment

add

 
Top