Photo of Milford Sound in New Zealand

विज्ञानले यस्ता चमत्कार गरिसकेको छ जसको कुनैबेला कल्पनासमेत गर्न सकिदैंनथ्यो ।
खेतबारीमा विभिन्न बाली लगाउनु स्वाभाविक हो । यतिमात्र होइन, बढ्दो शहरी जीवनशैलीमा घरको छत तथा कौसीमा तरकारीलगायतका खेती गरिनु पनि स्वाभाविक हो । तर भित्तामा पनि खेती गरिन्छ भन्ने कुरा धेरैलाई अपत्यारिलो लाग्न सक्छ । विज्ञानले यस्तै अपत्यारिलो कुरालाई चमत्कारका रुपमा सार्थक तुल्याउँदै आएको छ ।




इजरायली कम्पनी ‘ग्रीन वाल’का संस्थापकहरु अहिले ‘भर्टिकल गार्डन’लाई मूर्त रुप दिन व्यस्त छन् । यो पद्धतिअनुसार मानिसले घरको पर्खालमा खेती गर्न सक्नेछन् । अग्ला घरका विशाल भित्ताहरुमा विभिन्न बाली लगाउने विषयलाई सार्थक तुल्याउने दिशामा उनीहरुले आवश्यक खोज तथा अनुसन्धान गरेका हुन् ।

सन् २००९ मा स्थापित ग्रीन वाल कम्पनीले विकास गरेको आधुनिक प्रद्यौगिकीको मद्दतमा मानिसले घरको भित्ताको भित्री र बाहिरी गरी दुबैपट्टी खेती गर्न सक्नेछन् । यो पद्धतिका लागि ग्रीन वाल कम्पनीले नै उब्जाउयोग्य माटो उपलब्ध गराउँछ ।
भर्टिकल प्लान्टिङ सिस्टमका लागि बिरुवालाई ‘स्मल मोड्युलर युनिट’ मा सघन रुपमा लगाउने गरिन्छ । बिरुवा भित्ताबाट तल नझरोस् भन्नका लागि पनि विशेष व्यवस्था गरिएको हुन्छ ।
कम्प्युटर प्रविधिको मद्दतले प्रत्येक बिरुवामा पानी पुर्‍याउने व्यवस्था गरिएको हुन्छ । फल लाग्ने समय भएपछि भने बिरुवालाई जमिनमा उतारिन्छ । ग्रीन वालले पर्खालमा खेती गर्नका लागि मनिटर, सेन्सर र कन्ट्रोल सिस्टम भने इजरायली वाटर म्यानेजमेन्ट कम्पनी ‘गेलकन’ को सहयोगमा विकसित गरेको हो ।
बढ्दो शहरीकरणका लागि खेतीका लागि जमिनको अभाव बढ्नु र जनसंख्या वृद्धिदर पनि लगातार बढ्दैजानु जस्ता कारणले खाद्य संकट निम्तिने निश्चित छ । यस्तो अवस्थामा पर्खालमा गरिने खेती पद्धतिको विकासलाई खाद्य संकट टार्ने एउटा प्रयासका रुपमा हेरिएको छ । (एजेन्सी)


from SHYANE http://ift.tt/2cs1z8U
via IFTTT

0 comments:

Post a Comment

add

 
Top