Photo of Milford Sound in New Zealand

भदौ १८, दिपेन्द्र खड्का (साउदी)
"जहाँ गए जता पुगे पनि यो मन त मेरो नेपाली" भन्ने भनाई सार्थक भएको छ । आज भोली नेपाली नारीहरुको तिज नजिकिदै गर्दा प्रबाशमा पनि भब्य रुपले तिज मनाईदै आईएको छ । 
त्यस्तै हिजो सेप्टेम्बर २ तारिक २०१६ का दिन साउदी अरब जुबेलमा भब्य रुपले तिज मनाइयो l तीज कार्यक्रम मा जुबेलमा पूर्व छेत्रका सबै जना नेपाली कलाकार तथा पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो भने कार्यक्रम मा तिजको दर खाएर कार्यक्रम सुरुवात गरिएको थियो । 
बिदेशमा बसेर पनि आफ्नो कला सस्कृतिलाई नेपालीहरुले बिर्सेका छैनन् भन्ने प्रमाण उक्त कार्यक्रम मा देखायो l तिज बिशेष कार्यक्रममा नेपालि महिला दिदी बहिनीहरुले तिज का गीत हरु मा नाचगान गर्दै कार्यक्रम सम्पन्न भएको थियो । 
नेपाली दुताबास लगायत क्रियाशील संघ संस्थाहरुले उक्त तिज काय्रक्रम आयोजना गरिएको थियो यसै क्रममा साउदी अरवको पुर्बी छेत्र जुबैलमा तीजको उपलक्ष्यमा कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रबाशी नेपालीहरुले गित र नृत्य प्रस्तुत गरेका थिए ।



via IFTTT

from SHYANE http://ift.tt/2bKgtqX
via IFTTT

0 comments:

Post a Comment

add

 
Top