Photo of Milford Sound in New Zealand

© नबराज नबोदित
मलाई दारु तिम्लाई दर तीज लागेपछी ।
लथालिङ्ग हुन्छ घर तीज लागेपछी ।
कोल्टे पर्दै हिड्छ्यौ तिमी तिलहरी ढल्काई
लुट्ने हुन कि लाग्छ डर तीज लागेपछी ।
आँफै धोछु लुगाफाटा आँफै भाँडाकुडा
छैन कुनै तिम्रो भर तीज लागेपछी ।
साथी फेरि उस्तै पाछु उक्साउने मात्रै
भन्छ्न सक्दो मस्ती गर तीज लागेपछी ।
गुनासो नि यस्तो लाग्छ कहिलेकाँही भगवान
कस्तीको बनाईदियौ वर तीज लागेपछी ।



from SHYANE http://ift.tt/2c3inRn
via IFTTT

0 comments:

Post a Comment

add

 
Top