Photo of Milford Sound in New Zealand

फिल्म प्रेम गीत -२ का लागि मुख्य हिरोइन फाईनल भएकी छिन् । निर्माता सन्तोष सेन का अनुशार सुदुर पश्चिम दोदोधरा २, कैलालीकी अस्लेशा ठकुरीलाई निर्माण कम्पनी आसुसेन फिल्मले लिड हिरोइनका रुपमा अनुबन्ध गरेको हो । 
५ फिट ५ ईन्च हाईटकी अस्लेशा थिएटर ब्याकराउन्डकी कलाकार पनि हुन । उनी सुनिल पोखरेलको चौथो ब्याचकी स्टुडेन्ट हुन जसलाई सुनीलले ६ महिना अघि रत्नपार्कमा आयोजना भएको एक ईनभिजिवल थिएटर प्लेमा विशेष रोल निकै तारिफ बटुलेकी थिईन्स मेतदिएका थिए । सान्तोना कलेजबाट सोसल वर्कमा ब्याचलर्स फष्ट ईयरको पढाई सिध्याएकी अस्लेशा उमेरले २२ बर्षकी भएकी छिन् । 
उपन्यासहरु पढ्न, नाच्न, घुम्न र समाज सेवा गर्न सौखिन रहेकी अस्लेशाको बानी ब्यहोरा भने उनीमा कन्फिडेन्ट र तर्क गर्न सक्ने क्षमता निकै छ त्यसकारण उनलाई सुनील पोखरेल जस्ता दक्ष गुरुले समेत आफ्नो प्रिय विद्यार्थी बनाएका छन् । 




 फेस कट हेर्ने हो भने चाँहि हिरोइन स्वस्तिमा खड्का र स्वेता खड्कासंग उनको फेस केही मिल्न जाने  उनका साथीभाईहरु बताउँछन् । गत बर्ष निकै रुचाईएको फिल्मका रुपमा परिचित प्रेम गीतको दोश्रो सिक्वेललाई चाँहि प्रेम गीतका राईटर रामशरण पाठकले निर्देशन गर्दैछन् । 
 प्रेम गीतका निर्देशक सुर्दशन थापा र हिरोइन पूजा शर्मासंग निर्माता सन्तोष सेनको तीब्र मनमुटाव भएपछि प्रेम गीत २ निर्देशनको जिम्मेवारी राईटर पाठकलाई दिईएको हो भने हिरोइनमा चाँहि अस्लेशालाई चयन गरिएको हो ।
  आउँदो कात्तिक देखि फ्लोरमा जाने प्रेम गीत २ को सुटिङ थाईल्याण्ड, म्यानमार र नेपालमा हुनेछ ।






via IFTTT

from SHYANE http://ift.tt/2cz2y3I
via IFTTT

0 comments:

Post a Comment

add

 
Top