Photo of Milford Sound in New Zealand

असोज ६, इटहरी,
सुपरस्टार नायिका रेखा थापाको ‘डायरी’ सिनेमाको लुक सार्वजनिक भएको छ । अहिले सुटिङ भइरहेको उक्त सिनेमा नायिका थापाले यस वर्ष अभिनय गरेको तेस्रो सिनेमा हो । जसमा नायिका थापा खलपात्रका रुपमा अभिनय गर्दैछिन् । उनले फेसबुकमार्फत ‘डायरी’ सिनेमामा रहने अाफ्नो लुक सार्वजनिक गरेकी हुन् । नायिका छुल्ठिम गुरुङले निर्माण गर्न लागेको ‘डायरी’ ‘नोभेम्बर रेन’, ‘क्लासिक’ जस्ता सिनेमा लेखेका छेतेन गुरुङले लेखेका हुन् । चलचित्रको निर्देशन भने अनिल योञ्जनले गरिरहेका छन् । 
प्रेम र बदलाको कथामा बन्ने यो सिनेमामा अमर माया, खुशी र पीडालाई समेटिएको निर्माण पक्षले जनाएको छ । चलचित्रको छायाँकन शिवराम श्रेष्ठले गरिरहेका छन् भने संगीत स्वप्नील शर्मा, मनास राज र इमान विक्रम शाहको रहेको छ । चलचित्रमा नायिका थापासँगै छुल्ठिम, सन्नी सिंह, राजु लामा, कुशल विष्ट, दिनेश डिसी, रुपा राना, विनोद पोडेललगायतको अभिनय रहनेछ । 
यसबाहेक उनले यस वर्ष अभिनय गरेको ‘पँलास’मा एक सिम्पल युवतीको भूमिका देखिने छाटकाँट हालै सार्वजनिक भएको ट्रेलरमा देखिएको छ । टिजर रिलिज भएपछि अहिले यो फिल्मको चर्चा गर्माएको छ । जसमा रेखा र पछिल्लो समयमा चर्चा रहेका नायक कामेश्वर चौरासियाको केमेष्टीको पनि चर्चा भइरहेको छ । यो फिल्म कात्तिक २६ गते रिलिज हुने निर्माण पक्षले जनाएको छ ।
यस्तै ‘हिरो रिटर्न्स’मा भने उनी एक्सन लेडीको भूमिका देखिदैंछन् । निर्माण पक्षकाअनुसार फिल्ममा फाइट, स्टन्टहरुमा रेखा गज्जबसँग जमेकी छिन् । यसमा रेखासँगै नायक सविन श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
                                                                                                                             
                                                                                                                                नेपालि पत्र बाट 



via IFTTT

from SHYANE http://ift.tt/2dijcoZ
via IFTTT

0 comments:

Post a Comment

add

 
Top