Photo of Milford Sound in New Zealand

पूर्वकै केन्द्रविन्दु इटहरीलाई प्रदेश नम्बर एकको राजधानी बनाउनुको विकल्प नभएको राजनीतिक अगुवाहरुले बताएका छन् । उदाउँदो शहरको रुपमा विकास भइरहेको इटहरीलाई प्रदेशको राजधानी बनाउन यहाँका राजनीतिक अगुवाहरु कम्मर कसेर लागिपरेका छन् । राजनीतिक पहुँचका आधारमा छिमेकी शहरहरु धरान र विराटनगरभन्दा इटहरी निकै पछाडि भए पनि प्रादेशिक राजधानीको रुपमा इटहरीको विकल्प नभएको उनीहरुको दावी छ ।
इटहरी अन्य जिल्लाहरुका लागि पनि पायक पर्ने ठाउँ भएको कारण प्रादेशिक राजधानी इटहरी नै हुनुपर्ने राजनीतिक तथा सामाजिक अगुवाहरुको तर्क छ । इटहरी क्षेत्रबाट निर्वाचित सांसद् तथा एमाले नेता रेवतीरमण भण्डारीले इटहरी पूर्वकै सुगम र केन्द्रविन्दु भएको कारण राजधानी दावी गरिएको बताए । देश सङ्घीयतामा गइसकेको भन्दै उनले राजधानी इटहरीमै हुनुपर्छ भनेर आपूmले पार्टीमा दावी गरिरहेको बताए । उनले भने, ‘इटहरी केन्द्र हुने गरी आवश्यकताअनुसार विराटनगरलाई पनि समेट्न सकिन्छ ।’ राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव तथा इटहरीकावासी केशवकुमार विष्टले इटहरीलाई प्रदेशको राजधानी बनाउन इटहरीवासीले पहल गर्ने बेला आएको बताए । सबै सामाजिक अगुवाका साथै दलहरु मिलेर इटहरीलाई राजधानी बनाउन पहल गर्नुपर्ने उनको भनाइ छ ।
 पहाडी तथा अन्य जिल्लाहरुबाट समेत राजधानी आउन सहज हुने भएको कारण इटहरी नै प्रादेशिक राजधानी हुनुपर्ने उनको माग छ । इटहरीलाई राजधानी बनाउन आपूmहरुले पनि पहल थालेको उनले सुनाए ।
इटहरीका पुराना बासिन्दा तथा पूर्व भूमिसुधार मन्त्री रामकुमार सुब्बाले कुनै हालतमा पनि इटहरीमा प्रादेशिक राजधानी हुनुपर्ने जिकीर गरे । इटहरीबाहिर राजधानी बनाउन खोजिए जनतालाई असह्य हुने उनको भनाइ छ । ‘इटहरीजस्तो पूर्वको केन्द्रविन्दुलाई बाइपास गरेर अन्य ठाउँमा राजधानी बनाए इटहरीवासीलाई सह्य हुँदैन’, उनले भने, ‘सबै ठाउँका जनताको सुविधालाई हेरेर इटहरीलाई नै राजधानी बनाउनुपर्छ ।’ इटहरीवासी तथा नेपाली काङ्ग्रेसका युवानेता राजीव ढुङ्गानाले प्रदेश नम्बर एकको राजधानी बनाउन इटहरीको विकल्प नखोज्न नेताहरुलाई आग्रह गरे । उनले प्रदेश नम्बर एकका जनताका लागि इटहरी नै राजधानी उचित भएको धारणा राखे ।
राजनीतिक पहुँचका हिसाबले इटहरी पछि परेको भए पनि सबै राजनीतिक दल तथा अगुवाहरु मिलेर राजधानी बनाउन पहल थाल्नुपर्ने बताए । विराटनगर र धरानजस्तो राजनीतिक पहुँच नभए पनि पूर्वाञ्चल क्षेत्रीय रङ्गशाला ल्याउन गरेको पहल गर्नुको विकल्प नरहेको उनको भनाइ छ । काङ्ग्रेसका सुनसरी सभापति राजीव कोइरालाले पनि इटहरी नै राजधानीका लागि उपयुक्त रहेको बताए । ‘दुर्गमका जनताका लागि इटहरी राजधानी उपयुक्त हो’, उनले भने, ‘इनरुवाका बासिन्दाहरुले इटहरीका लागि पहल गर्छन् । हामी इटहरीको पक्षमा छौँ ।’ पूर्वका धेरै जनताको चाहना पनि इटहरी नै भएको उनको भनाइ छ ।
                                                                                                            न्युज : सप्तकोशी अनलाइन बाट
इटहरीको भिडियो




via IFTTT

from SHYANE http://ift.tt/2d16Npr
via IFTTT

0 comments:

Post a Comment

add

 
Top