Photo of Milford Sound in New Zealand

असोज ३, इटहरी 
नेपाली म्युजिक क्षेत्रमा दुईचार वटा गीतमा स्वर भर्नु भन्दा पनि निरन्तर रुपमा टिकीरहनु सबैभन्दा ठुलो चुनौतीको कुरा हो । 
धेरै गायकहरुको भिडमा आफ्नो छुट्टै छबि बनाउदै अनवरत रुपमा नेपाली म्युजिकमा लामो समयबाट सक्रिय रुपमा लागिरहेका गायकमध्ये एक हुन् भुवन सुप्तिहाङ राई । चलचित्र लगायत अढाई सय वटा भन्दा बढि गीतमा स्वर दिईसकेका राईले नेपाली म्युजिकमा धेरै उतारचढाव देखेको र प्रत्यक्ष रुपमा भोगेको उनी बताउछन् ।  
 सगरमाथाको चुचुरोमा पाईला टेके पनि साथीभाई ईष्टमित्र सबैलाई सम्झनुपर्ने र सहयोग गर्नुपर्ने मान्यता राख्ने राई खुलेर भन्छन्, यहाँ सहयोग भन्दा पनि छुरा रोप्ने प्रवृत्ति ज्यादा छ । गायक भन्ने वित्तिकै कतिले छड्के आखाँले हेर्छन् ।
 भुवन यतिबेला पाँचौ एल्बम “सम्मान“ को तयारीमा जुटेका छन् । वि. सं. २०५९ सालमा पहिलो एल्बम “तिम्रो माया” बाट औपचारिक रुपमा म्युजिकको ढोका खोलेका उनले त्यसपछि क्रमश सजेसन, मायाको फुल र बदनाम एल्बम सार्वजनिक गरे । 
 उनले भर्खरै सम्मान एल्बम को लागि फ़ोटोसुट गराएका छन् l काठ्माण्डो को गोकर्ण अवस्थित सान्ति पार्क मा गरिएको फ़ोटोशुट मा समीर गुरुङ ले क्यामेरा चलाएका थिए भने राकेश साङ्गपाङ्ग मेकअप गरेका थिए l 



via IFTTT

from SHYANE http://ift.tt/2cTuTEO
via IFTTT

0 comments:

Post a Comment

add

 
Top