Photo of Milford Sound in New Zealand

नायिका मनिषा कोइरालाले फेरि बिहे गर्ने चाहना राखेकी छिन् । भारतीय अनलाइन पत्रिका जागरणका अनुसार मनिषाले राम्रो मानिस भेटेको खण्डमा बिहेका लागि विचार गर्ने बताएकी हुन् । मनिषा कोइराला अभिनित चलचित्र ‘मौली’ प्रदर्शनका लागि तयार भएको छ । यो चलचित्रमा उनी मुस्लिम महिलाको भूमिकामा छिन् ।
मनिषाले सन् २०१० मा सम्राट दाहालसँग बिहे गरेकी थिइन् । तर, बिहे गरेको केही महिनामै यी दुई अलग भएका थिए । तर, पनि मनिषा बिहेका लागि सकारात्मक देखिएकी छिन् । बिहेको बिषयमा उनले भनिन्-‘कुन मानिस बिहे गर्नका लागि चाहना नराख्ला र ? सुरुवातमा यो राम्रो हो, तर पछि यसलाई तपाई संझन नै सक्नुहुन्न । यदि, मलाई कोही राम्रो मानिस मिलेको खण्डमा म यो बिषयमा जरुर विचार गर्नेछु ।’
भिडियो :




via IFTTT

from SHYANE http://ift.tt/2czDUSU
via IFTTT

0 comments:

Post a Comment

add

 
Top