पायल्समा (piles) ध्यान दिनुपर्ने कुराहरु
– प्रशस्त पानी पिउने १ घण्टा १ गिलास ।
– हरियो सागपात काँचै खाने, फलफूलको जूस र फलफूल खाने, चोकर सहितको गहुँको पिठो, रोटी, ब्राउन राइस, रहर तथा मुंगको दाल खाने ।
– दैनिक ४५ मिनेट–१ घण्टा हलुका पसिना आउने गरेर शारीरिक व्यायाम गर्ने जस्तैः योगरआसन, रिड व्यायाम, अंग व्यायाम आदि ।
– हप्तामा एक पटक आवश्यकता अनुसार पेट सफा गराउने ९एनिमा लिने० र कब्जियत हुन नदिने । शरीरले पचाउन सक्ने गरी मात्र खाना खाने ।
– चिल्लो, पिरो, तारे–भुटेको, मसालेदार परिकार नखाने । शौचालय गईसकेपछि वा सुत्नु अघि तोरीरजैतुनको तेल गुहद्वारमा लगाउने ।
– धुम्रपान, रक्सी, ब्राण्डी, सुर्ती जर्दा जस्ता चिजको सेवन नगर्ने ।
के खाने ?
गहुँको चोकर सहितको रोटी , जौ, पुरानो चामल, रहर, मुंगको दाल, केरा, अमला , गाजर, पालुँगो, मूला, करेलाको रस , धनियाका रसमा मिस्रि मिलाएर खाने । पानी धेरै पिउने । हरियो सागसब्जी, सलाद आदि खाने ।
के नखाने ?
तातो, पिरो, मसालेदार, बासी खाना, मासु, अमिलो, आलु, सखर, डिब्बा बन्द परिकार, चिया, कफी, रक्सी, चुरोट, ब्राण्डी, आदि नखाने । पायल्समा भोजन एंव पोषण तालिका :
बिहान ५:३० बजे : पानी २ गिलास, लसुनको केशरा २, ३ वटा खाने ।
७:०० बजे : मुनक्का या छोहरा ५० ग्राम ९७ छण्टा पानीमा भिजाईएको ० खाने ।
बिहान १०:११ बजे स् रातो चामलको भात १०० ग्राम स् दाल १० ग्राम अंकुरित मुङ्ग, मेथि, चना, सबभन्दा राम्रो ।तरकारी ३०० ग्राम जस्तै सिजन अनुसारको परवर, लोका, करेला, घिरौला हरियो सागसात मेथी, चम्सुर, बेथे, खादि प्रशस्त खाने । सलाद २०० ग्राम जस्तै काक्रो, गाँजर, मुला, चुकन्दर, आदि काँचो खानमिल्ने खानेकुराहरु ।
दिउँसो ३.०० बजे कुनै एक
– गहुँको सुख्खा रोटी १ वटा र तकारी १ प्लेट –फापर, कोदो, मकैको रोटी पनि खान सकिन्छ, अथवा हरियो मकै उसिनेर सानो १ कचौरा या भुटेको मकै फलफूल २०० ग्राम स्याउ, मौसम, सुन्तला, अनार मध्ये कुनै एक खाने ।
बेलुका ८.०० बजेः गहुँको सुख्खा रोटी २, ३ वटा । तरकारी, चट्नी बिहानको जस्तै (बेलुका दाल नखाने)
नोट:
१. पानी दिनभरीमा ३ देखि ४ लिटर सम्म पिउने । हरियो सागपात, फलफूल, तरकारीहरुको प्रशस्त प्रयोग गर्ने। खाना राम्रोसँग चपाएर खाने, नुन र चिल्लो कम खाने ।
२ . रोगी हुनु भन्दा पहिले नै प्राकृतिक उपचार र जीवनशैली परिवर्तनबाट निरोगी रहौं । खानामा रोटी, भातको मात्रा २० र ४०५ र हरियो सागसब्जींसुपको मात्रा ६०/८०५ हुनु जरुरी छ ।
गैह्रे प्राकृतिक स्वास्थ्य अस्पताल र वेलनेस अस्पतालका विशेषज्ञ डाक्टर हुनुहुन्छ ।
The post पायल्सबाट यसरी बच्नुहाेस् : चिकित्सकीय विधिसहित appeared first on Taja nepali news.
http://ift.tt/eA8V8Jfrom SHYANE http://ift.tt/2DsaWCm
via IFTTT
0 comments:
Post a Comment
Click to see the code!
To insert emoticon you must added at least one space before the code.