Photo of Milford Sound in New Zealand

हजारसम्मको ब्रा नेपाली महिलाहरूले एक सयदेखि १० हजारसम्मको ब्रा प्रयोग गर्छन् । पछिल्लो समयमा टिनएजर्सका युवतीको रोजाइमा पुसअप ब्रा पर्ने गरेको न्युरोडस्थित मणिक टेलर्सकी कर्मचारी आस्था तिमल्सिनाले बताइन् । पुसअप ब्रामा भएको फर्मले स्तनलाई आकर्षक देखाउने हुँदा टिनएजर्स युवतीको रोजाइमा पर्ने गरेको उनी बताउँछिन् । त्यस्तै, विवाह भएका महिलाले ननपुसअप ब्रा रोज्ने गरेका छन् । अन्तर्राष्ट्रियस्तरको भिक्टोरिया सेक्रेट ब्रान्डको ब्राको मूल्य १० हजारसम्म पर्ने गर्छ । थोरै पसलहरूले मात्र ब्रान्डेड ब्रा बिक्रि गर्दछन् ।

सामान्यतया अरूलाई देखाउन र आफ्नो पर्सनालिटीका लागि मान्छेहरू महँगो कपडा लगाउँछन् । तर, बाहिरी कपडाहरू मात्र होइन, भित्री कपडाहरू पनि महँगा र ब्रान्डेडमै मोह बढ्दै गएको छ । ५ हजार रुपैयाँसम्मका अन्डरवेयर र १० हजार रुपैयाँसम्म ब्रा नेपाली बजारमा बिक्री हुने गरेको छ । खासगरी नेपालका सेलेब्रेटीहरू इनर वेयरमा निकै ध्यान दिन्|

ब्रान्डेड इनर वेयर कसरी चिन्ने ?

नवनीत गुप्ता, सञ्चालक, जक्की सोरुम दरबारमार्ग इनर वेयरअन्तर्गतको कुनै पनि कपडा किन्दै हुनुहुन्छ भने त्यसैको अथोराइज सोरुममै गएर किन्नुभयो भने ठगिनबाट जोगिनुहुन्छ । कपडा किन्नुभन्दा पहिले कस्तो ठाउँबाट किन्दै हुनुहुन्छ, त्यो कुरामा पनि ध्यान दिनुस् । किनभने धेरैजसो ब्रान्डेड कम्पनीहरू आफ्नो अथोराइज सोरुमहरूबाटै बेच्ने गर्छन् ।

आजभोलि ९० प्रतिशत ब्रान्डेड सामानको भित्री कपडाको लेभल कपडामै प्रिन्ट गरिएको हुन्छ । त्यो हेरेर पनि ब्रान्डेड हो कि होइन भनेर चिन्न सकिन्छ ।

नेपालमा दुई हजार पाँच सयसम्मको अन्डरवेयर

नेपालमा सयदेखि पाँच हजारसम्मका अन्डरवेयर पाइन्छ । लिभाइज ब्रान्डअन्तर्गतको अन्डरवेयरको मूल्य नेपाली बजारमा दुई हजार पाँच सयसम्म पर्ने गर्छ । बिइङ ह्युमन नामक भारतीय ब्रान्डको पुरुषले प्रयोग गर्ने अन्डरवेयर नेपालमा पाइन्छ । दरबारमार्गस्थित बिइङ ह्युमनका म्यानेजर कृष्ण लामगादे सेलेब्रिटी तथा धनाढ्यहरूले सबैभन्दा महँगो मूल्यको अन्डरवेयर रोज्ने गरेको बताउँछन् । तर, नायक अनमोल केसी भने आफूले नेपालमा पाइने कुनै पनि ब्रान्डको अन्डरवेयर प्रयोग नगर्ने बताउँछन् ।

भन्छन्, ‘मलाई टमी हिलफिगर ब्रायडको अन्डरवेयर मनपर्छ । तर, यो ब्रान्ड नेपालमा नपाउने भएकाले विदेश गएका वेलामा उतैबाट ल्याउँछु । मैले अहिलेसम्म महँगोमा तीन हजारसम्मको अन्डरवेयर लगाउँदै आएको छु ।’ अनमोलजस्तै धेरै नायक–नायिकाले विदेश गएकै वेला अन्डरवेयर किनेर ल्याउने गर्छन् ।

गायिका तथा नेतृ कोमल वली पनि आफूले विदेशबाटै अन्डरवेयर खरिद गर्ने बताउँछिन् । भन्छिन्, ‘मैले प्रायः भित्री वस्त्रहरू विदेशतिर जाँदा किन्ने गरेकी छु । ब्रान्ड हेरेर दुई हजारदेखि आठ हजार मूल्यसम्मको किन्ने गर्छु ।’ कोमलले प्रयोग गर्ने केही ब्रान्डहरू नेपालमा नपाइनेसमेत छन् । अन्य सेलेब्रिटी भने पाँच सयदेखि १५ सयसम्मको अन्डरवेयर प्रयोग गर्छन् । नेपाली बजारमा पा“च हजार रुपैया“सम्मका अन्डरवेयर बिक्री हुन्छ ।

बाहिरी कपडा मात्र होइन, भित्री कपडामा पनि नेपाली ‘चुजी’ बन्दै गएका छन् । ५ हजारसम्मका अन्डरवेयर र १० हजार रुपैयाँसम्मका ब्रा नेपाली बजारमा बिक्रि हुने गरेका छन् ।

नेपालमा अमेरिकनदेखि इटालियन ब्रान्डसम्मका भित्री वस्त्र

नेपालमा अमेरिकनदेखि इटालियनसम्मका भित्री वस्त्र पाइने गर्छन् । यहाँ विश्वचर्चित भिक्टोरिया, जक्कीजस्ता अमेरिकन ब्रान्ड पाइन्छ । थुप्रै भारतीय ब्रान्डका भित्री वस्त्र पनि नेपालमा पाइन्छ । भारतीय ब्रान्डमा जुलियट, डेसिडीको राम्रो मार्केट छ । त्यस्तै, थाइल्यान्डको ब्रान्ड जिन्तान र सफ्ट प्रिन्सेसले पनि नेपाली बजारमा राम्रै व्यापार गरेको व्यापारी बताउँछन् । यसबाहेक इटालियन ब्रान्ड बेनिटनको माग पनि राम्रै हुने गरेको छ । यसमा ब्रान्ड हेरेर पाँच सयदेखि १० हजारसम्मका भित्री वस्त्र पाइने गर्छन् ।

नेपालमा उपलब्ध ब्रान्ड र मूल्य

रिबक: यो अमेरिकन ब्रान्ड हो । यो ब्रान्डमा विशेषगरी सबै स्पोर्टस्का कपडा पाइन्छन् । यसअन्तर्गत महिलाले प्रयोग गर्ने स्पोर्टस् ब्रा पाइन्छ । जसको मूल्य तीन हजार दुई सय ९० देखि ७ हजार पाँच सय ९० सम्म पर्ने दरमार्गस्थित रिबुक सोरुमका कर्मचारी सुवास महर्जन बताउँछन् । यो ब्रान्डअन्तर्गत स्पोर्टस् ट्राउजर पनि पाइन्छ । जसको मूल्य तीन हजार ८ सय ९० देखि ८ हजार ९ सय ९० सम्म पर्छ । रिबक ब्रान्डको कपडा धेरैजसो योगा, टे«ेनिङ र स्पोर्टस्मा संलग्न मानिसले प्रयोग गर्छन् ।

एडिडास: यो ब्रान्डअन्तर्गत विशेषगरी स्पोर्टस्का कपडाहरू पाइन्छन् । यसमा महिलाले प्रयोग गर्ने स्पोर्टस् ब्रा पाइन्छ । जुन ब्रा चार हजार ९० देखि ६ हजार एक सय ९० रुपैयाँसम्ममा बिक्री हुने दरबारमार्गस्थित एडिडास सोरुमकी कर्मचारी अविका श्रेष्ठले बताइन् ।

बिविचस् बिविच ब्रान्डअन्तर्गत ब्राको मूल्य एक हजार आठ सयदेखि ६ हजार २ सयसम्म पर्छ । त्यस्तै, यही ब्रान्डको अन्डरवेयर एक हजारदेखि एक हजार आठ सयसम्ममा बिक्री हुन्छ ।

जुलियट: यो इन्डियन ब्रान्ड हो । यो ब्रान्डअन्तर्गतको ब्रा धेरैजसो विवाहित महिलाले प्रयोग गर्छन् । जसको मूल्य ५ सयदेखि १५ सय रुपैयाँसम्म पर्छ । यो ब्रान्डमा महिलाले प्रयोग गर्ने अन्डरवेयर २ सय ५० देखि ८ सय रुपैयाँसम्ममा बिक्री हुन्छ । जिन्ताना स् यो थाइल्यान्डको ब्रान्ड हो । यो पनि विवाहित महिलाले धेरै रुचाउँछन् । नेपालमा यस ब्रान्डका भित्री वस्त्र दुई हजारदेखि तीन हजार पाँच सय रुपैयाँसम्म बिक्री हुने गरेको पाइएको छ ।

जक्की : जक्की अमेरिकन ब्रान्ड हो । जक्की ब्रान्डअन्तर्गत विशेषगरी भित्री वस्त्रहरू पाइन्छन् । यो ब्रान्डअन्तर्गत महिलाले प्रयोग गर्ने ब्राको मूल्य एक हजारदेखि दुई हजार आठ सयसम्म पर्ने दरबारमार्गस्थित जक्की सोरुमका सञ्चालक नवनीत गुप्ताले बताए । त्यस्तै, महिलाले प्रयोग गर्ने अन्डरवेयरको मूल्य तीन सय ५० देखि ७ सय ५० र पुरुषले प्रयोग गर्ने अन्डरवेयर तीन सय ५० देखि एक हजार पाँच सय रुपैयाँसम्म पर्छ ।

भिक्टोरिया: सेक्रेटस् यो अमेरिकन ब्रान्ड हो । यो ब्रान्डअन्तर्गत विशेषगरी इनर वेयर पाइन्छन् । भिक्टोरियाले हरेक वर्ष विभिन्न ब्रान्डका कपडा बजारमा ल्याउने गरेको छ । यसमा महिलाले प्रयोग गर्ने ब्रा विश्व बजारमा धेरै महँगा छन् । तर, नेपालमा २ हजारदेखि १० हजार रुपैयाँसम्ममा पाइन्छ । यस ब्रान्डका भित्री वस्त्र धेरैजसो फेसन स्टाइलिस तथा चुजी युवती र धनाढ्य परिवारका महिलाले किन्ने गरेका छन् । यो नेपालमा उपलब्धमध्ये सबैभन्दा महँगो ब्रान्ड हो । यस ब्रान्डअन्तर्गत महिलाले प्रयोग गर्ने अन्डरवेयरको मूल्य एक हजारदेखि दुई हजारसम्म पर्छ ।

सफ्ट प्रिन्सेस: यो थाइल्यान्डको ब्रान्ड हो । यस ब्रान्डअन्तर्गतको ब्रा विशेषगरी विवाहित र अविवाहित महिलाले, स्टाइलिस र मोडलहरूले प्रयोग गर्छन् । यसअन्तर्गतको ब्रा नेपालमा पाँच सयदेखि दुई हजार रुपैयाँसम्ममा बिक्री हुने गर्छ । यस ब्रान्डअन्तर्गतको पुरुषले प्रयोग गर्ने अन्डरवेयर पाँच सयदेखि एक हजार रुपैयाँसम्म बिक्री हुन्छ । यो ब्रान्डमा ट्राउजर, ज्याकेट, टिसर्टलगायतका कपडा पनि उपलब्ध छन् ।

इनामोर: यो इन्डियन ब्रान्ड हो । यो ब्रान्डअन्तर्गतको ब्रा धेरैजसो विवाहित महिलाले प्रयोग गर्छन् । यसअन्तर्गत ब्राको मूल्य ५ सयदेखि १५ सय रुपैयाँसम्म पर्छ । यो ब्रान्डमा महिलाको अन्डरवेयर पनि पाइन्छ । जसको मूल्य २५० देखि ८ सयसम्म पर्छ ।

डेसिडी: यो पनि इन्डियन ब्रान्ड हो । यो ब्रान्डअन्तर्गतको ब्रा पनि धेरैजसो विवाहित महिलाले नै प्रयोग गर्छन् । यस ब्रान्डका ब्राको मूल्य ५ सयदेखि १५ सयसम्म पर्छ । यस ब्रान्डमा महिलाको अन्डरवेयर नेपाली बजारमा २ सय ५० देखि ८ सय ५० रुपैयाँसम्म बिक्री हुने गर्छ ।

बिइङ ह्युमन : यो इन्डियन ब्रान्ड हो । यसमा पुरुषले प्रयोग गर्ने अन्डरवेयर पाइन्छ । जसको मूल्य एक हजारदेखि २ हजार ५ सयसम्म पिर्छ । दरबारमार्गस्थित बिइङ ह्युमनका म्यानेजर कृष्ण लामगादेका अनुसार यो ब्रान्डको कपडा शतप्रतिशत कटनबाट बनेको हुन्छ । नेपाली सेलेब्रिटी तथा मध्यमवर्गीय मानिसले यस ब्रान्डका भित्री वस्त्र खरिद गर्दैै आएका छन्

बेनिटन : यो इटालियन ब्रान्ड हो । यो ब्रान्डअन्तर्गत पुरुषका लागि अन्डरवेयर तीन सय ९९ देखि ९ सय ९९ रुपैयाँसम्म पर्ने गर्छ । त्यस्तै, महिलाको अन्डरवेयर एक हजारदेखि एक हजार दुई सय रुपैयाँसम्म बिक्री हुने दरबारमार्गस्थित युनाइटेड कलर्स अफ बेनिटनका कर्मचारी सुसन महर्जन बताउँछन् ।

एन्टा : एन्टा ब्रान्डअन्तर्गत महिलाले प्रयोग गर्ने स्पोर्टस् ब्रा पाइन्छ । जुन चार हजार एक सय ४० रुपैयाँसम्ममा बिक्री हुन्छ । यो ब्रान्डअन्तर्गत विशेषगरी स्पोर्टस्का कपडाहरू पाइन्छन् ।

लिभाइज : लिभाइज ब्रान्डअन्तर्गत पुरुषले प्रयोग गर्ने अन्डरवेयरको मूल्य एक हजारदेखि २ हजारसम्म पर्छ ।

कसले प्रयोग गर्छ महँगा भित्री वस्त्र ?

नेपालमा महँगा भित्री वस्त्र सौखिन, सेलेब्रिटी र धनाढ्य महिलाले प्रयोग गर्ने व्यवसायी बताउँछन् । केही मध्यम वर्गका मानिसको रोजाइमा पनि त्यस्ता वस्त्र पर्ने गर्छन् । नायिका रेखा थापा आफू भिक्टोरिया ब्रान्डको भित्री वस्त्र प्रयोग गर्ने बताउँछिन् । भन्छिन्, ‘बाहिरको कपडा जस्तोसुकै भए पनि मतलब लाग्दैन । भित्री वस्त्र भने म ब्रान्डकै लगाउँछु । महिनावारी भएका वेला झन् महिला सचेत हुनुपर्छ । म यस्तो वेलामा कटनको अन्डरवेयर प्रयोग गर्छु र एकपटकभन्दा बढी प्रयोग गर्दिनँ ।’

ब्रान्ड र त्यसको मूल्यअनुसार भित्री वस्त्रको विशेषतामा पनि फरक पर्ने भएकाले राम्रो आम्दानी भएका, देश–विदेश घुमघाम गर्ने, धनाढ्य तथा सोखिन परिवारका व्यक्तिले राम्रै ब्रान्डको महँगा भित्री वस्त्र प्रयोग गर्ने जक्की सोरुमका सञ्चालक नवनीत गुप्ता बताउँछन् ।

सेलेब्रिटीहरू कामको सिलसिलामा विभिन्न स्थानमा जानुपर्ने, देश तथा विदेश घुम्नुपर्ने र आफ्नो वेट मेन्टेन गर्नका लागि पनि उनीहरूको रोजाइ ब्रान्डेड हुने गर्छ । विद्यार्थी नेतृ नविना लामा कुनै समय चार–पाँच सय मूल्य पर्ने ब्रा लगाउँथिन् । तर, आजभोलि उनको रोजाइमा भिक्टोरिया ब्रान्ड पर्ने गरेको छ । भन्छिन्, ‘सहज हुने भएकाले म आजभोलि भिक्टोरिया ब्रान्डको ब्रा प्रयोग गर्ने गर्छु ।’

नायक पल शाह आफूले केल्भिन केलिन ब्रान्डको अन्डरवेयर प्रयोग गर्ने बताउँछन् । भन्छन्, ‘म भित्री कपडालाई निकै महत्व दिन्छु । किनभने भित्री कपडाले हाम्रो शरीर प्रत्यक्ष रूपमा छोएको हुन्छ । म मूल्यका हिसाबले १५ सयसम्मको अन्डरवेयर लगाउने गर्छु ।’ त्यस्तै पूर्वमिस नेपाल माल्भिका सुब्बा आफू विभिन्न ब्रान्डका ब्रा प्रयोग गर्ने बताउँछिन् । भन्छिन्, ‘म ब्राहरू फेरी–फेरी विभिन्न ब्रान्डका प्रयोग गर्ने गर्छु । सकेसम्म नाइलन मिक्स भएको भित्री वस्त्र लगाउँदिनँ । अन्डरवेयर दिनमा तीनपल्टसम्म फेर्ने गर्छु ।’

भित्री वस्त्रका विषयमा यसो भन्छन् नेपालका सेलेब्रिटी : भित्री वस्त्र दिनमा तीनपटकसम्म फेर्छु – माल्भिका सुब्बा, पूर्वमिस नेपाल भित्री वस्त्र लगाउँदा महिला एकदमै सचेत हुनुपर्छ । मैले घरमा बस्दा कटनको ब्रा र अन्डरवेयरको प्रयोग गर्ने गरेकी छु । बाहिर जाँदा लाइक्रा र भित्रपट्टि कटन भएको प्रयोग गर्छु । मलाई धेरैबेर ब्रा लगाउँदा ढाड दुख्ने, ग्यास्ट्रिक हुने हुन्छ । त्यसैले लामो यात्रा गर्नुपर्दा स्पोर्टस् ब्रा, टिसर्टमा प्याट भएको लगाउने गरेकी छु । सकेसम्म नाइलन मिक्स भएको भित्री वस्त्र लगाउँदिनँ । अन्डरवेयर दिनमा तीनपल्टसम्म फेर्ने गर्छु । इन्फेक्सन हुने बढी सम्भावना भएकाले होसियारी अपनाउन जरुरी छ । म विभिन्न ब्रान्डका भित्री वस्त्रको प्रयोग गर्ने गर्छु ।

विदेशी ब्रान्डको अन्डरवेयर प्रयोग गर्छु – अनमोल केसी, नायक

म भित्री वस्त्रमा निकै संवेदनशील छु । सानैदेखि बक्सर साइजको अन्डरवेयर लगाउँथेँ । बक्सर लगाएर मार्सलआर्टको तालिममा किक हान्दा च्यातियो । त्यसैले अहिले भिसेपको अन्डरवेयर लगाउँछु । तर, पर्सनल्लीचाहिँ बक्सर नै प्रयोग गर्छु । म अरू कपडाजस्तो छाने पनि अन्डरवेयर भने ब्रान्डेड नै रोज्छु । मलाई टमी हिलफिगर ब्रान्डको अन्डरवेयर मनपर्छ । तर, यो ब्रान्ड नेपालमा नपाइने भएकाले विदेश गएको वेला उतैबाट ल्याउँछु । मैले अहिलेसम्म महँगोमा तीन हजारसम्मको अन्डरवेयर लगाउँदै आएको छु । जोसुकै मानिस अन्डरवेयर लगाउँदा संवेदनशील हुनुपर्छ ।

भित्री कपडा ब्रान्डेड लगाउँछु – रेखा थापा, अभिनेत्री

भित्री वस्त्र लगाउँदा एकदम सचेत हुन्छु । यो विषय स्वास्थ्यसँग सम्बन्धित भएकाले पनि एकदम होसियार छु । बाहिरी कपडा जस्तोसुकै भए पनि मतलब लाग्दैन । तर, भित्री वस्त्रचाहिँ ब्रान्डकै चाहिन्छ । मेरो रोजाइमा भिक्टोरिया ब्रान्ड पर्ने गर्छ । बाहिर लगाउने कपडा जस्तोसुकै प्रयोग गरे पनि भित्री वस्त्र किन्दा एकदम सचेत हुनुपर्छ । ब्रान्डकै नभए पनि सुतीबाट बनेको प्रयोग गर्दा राम्रो हुन्छ ।

भित्री कपडा छोरीले विदेशबाट पठाइदिन्छे – करिश्मा मानन्धर, अभिनेत्री

म भित्री वस्त्र किन्दा सचेत हुने गरेकी छु । कतिपयमा भित्री वस्त्र त हो जस्तो लगाए पनि हुन्छ भन्ने सोच हुन्छ, जुन एकदमै गलत हो । यसले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने हुँदा सचेत हुन जरुरी छ । म बाहिर लगाउने लुगा ब्रान्ड नै होस् भन्ने सोच्दिनँ, मनपरे जस्तो पनि किनिहाल्छु । तर, भित्री वस्त्र मलाई ब्रान्डेड नै चाहिन्छ । भित्री वस्त्र प्रायः नेपालबाहिर नै किन्ने गरेकी छु । नन्दहरू, मेरी छोरी कविताले विदेशबाट पठाउने गरेका छन् ।

सहज भित्री वस्त्रले कन्फिडेन्स बढाउँछ – कोमल वली, गायिका

म भित्री वस्त्र किन्दा सहज हेर्छु । सहज र टिकाउका लागि ब्रान्डेड नै आवश्यक हुन्छ । आफूलाई सहज भयो भने कन्फिडेन्स पनि बढ्छ भन्ने लाग्छ । मैले सबैभन्दा बढी खरिद गर्ने भनेको नै भित्री वस्त्र हो, जुन प्रायः विदेशतिर जाँदा किन्ने गर्छु । मसँग पाँच÷६ वटा ब्रान्डका भित्री वस्त्र छन् । जसको मूल्य दुई हजारदेखि आठ हजारसम्म पर्ने गर्छ । त्यसमा मार्स एन्ड स्पेन्सर, क्याल्भिन क्लेन, फेन्सी मी, जस्ट माई साइजलगायतका ब्रान्ड मेरो विशेष रोजाइमा पर्ने गर्छन् । हामी बाहिरी वस्त्र किन्दा जति पनि पैसा खर्च गर्न तयार हुन्छौँ, तर भित्री वस्त्र किन्दा भित्री त हो, छोपिने चिज न हो भनेर सोच्छौँ । जुन एकदम गलत पनि हो ।

डेढ हजारको अन्डरवेयर लगाउँछु- पल शाह, नायक

म भित्री कपडालाई निकै महत्व दिन्छु । किनभने भित्री कपडाले हाम्रो शरीरमा प्रत्यक्ष प्रभाव पार्छ । त्यसैले भित्री कपडामा विशेषगरी अन्डरवेयर ब्रान्डेड नै लगाउँछु । मेरो रोजाइमा नेपाली बजारमै उपलब्ध हुने अन्डरवेयर पर्ने गर्छ । केल्भिन केलिन मलाई मनपर्ने ब्रान्ड हो । म मूल्यका हिसाबले १५ सयसम्मको अन्डरवेयर लगाउँछु ।

भित्री वस्त्र किन्दा धेरै ध्यान दिनुपर्छ- नवीना लामा, विद्यार्थी नेतृ

महिलाको स्वास्थ्य र भित्री वस्त्र एकदमै अन्तरसम्बन्धित विषय हुन् । यसले गर्दा भित्री वस्त्र किन्दा महिलाले एकदम ध्यान दिन जरुरी छ जस्तो लाग्छ । म पहिला चार–पाँच सय पर्ने भित्री वस्त्र प्रयोग गर्थें, तर एकपटक मेरी दिदीले भिक्टोरिया सिक्रेट ब्रान्डको गिफ्ट गर्नुभएपछि त्यही प्रयोग गर्न थालेँ । म त्यस्तो ब्रान्ड नै प्रयोग गर्ने मान्छे त होइन, तर सहज भयो भने आफूलाई छुट्टै कन्फिडेन्स हुन्छ जस्तो लाग्छ । मेले स्पोर्टस् ब्रा पनि आफूलाई सहज हुने खालको प्रयोग गर्ने गरेकी छु । जगिङ जाँदा नाइक, एडिडासको स्पोर्टस् ब्रा प्रयोग गर्छु । – गज्जबबाट

The post दिनमा तीन पल्ट सम्म अन्डरवेयर फेर्ने गर्छु : माल्भिका सुब्बा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2EhRk1W
via IFTTT

0 comments:

Post a Comment

add

 
Top