Photo of Milford Sound in New Zealand

काठमाडौँ – नायक शिव श्रेष्ठले निर्माण गर्न लागेको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ मा नायिका प्रियंका कार्कीले पनि अभिनय गर्ने भएकी छन् ।

फिल्मकी निर्मात्री मध्ये एक यशोधा राइले प्रियंकालाई फिल्ममा अनुवन्धित गरेकी छिन् । फागूणबाट छायांकनमा जान लागेको फिल्ममा प्रियंकासँगै दीलिप रायमाझी र किरण केसी पनि अनुवन्धित भएका छन् । अभिनेत्री बर्षा राउत, अभिनेता संजोग कोइराला, कलाकार नरेन खड्का फिल्ममा अनुवन्धित भैसकेका छन् ।

फिल्मलाई दिपेश सापकोटाले निर्देशन गर्दैछन् । यशोधा राई र दिनेश दर्शनधारी यो फिल्मका निर्माता हुन् । फिल्मको लगानी डेढ करोड बढी हुने निर्माण टोली बताउँछ । फिल्ममा बसन्त सापकोटा र अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहने पनि पक्का छ ।

The post शिव श्रेष्ठको फिल्ममा प्रियंका कार्की र दीलिप रायमाझी पनि appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2nlFJHw
via IFTTT

0 comments:

Post a Comment

add

 
Top