Photo of Milford Sound in New Zealand

डडेल्धुराका रमेश महरा (नाम परिवर्तन) अविवाहित हुन कोरिया आएको चार बर्ष भयो तर उनी छुट्टीमा एकपटक पनि नेपाल गएका छैनन् । कोरियाको बुछन सिटीको एक प्लाष्टिक कम्पनिमा काम गर्ने उनले मासिक नेपाली दुईलाख चालीस हजार सरदर कमाउँछन तर उनले कोरिया आएर धेरै पैसा यौन मस्तीमा उडाए । महिनामा कम्तिमा दुई पटक यौन बजारमा उनको बाँस हुन्थ्यो उनी सोच्दथे रङ्गरमार्र्र्ईलो बिनाको के जीवन । दुर्भाग्य आज उनी दश महिनादेखि यौन रोग सिफलिसको औषधी सेवन गरिरहेका छन् ।

दाङ्ग घर बताउँने मुरारी कोरिया आएको दुई बर्र्ष पुरा भयो । उनी जेजु प्रान्तको जेजु सिटीको एक कृषि फर्र्ममा काम गर्र्र्दथे । उनको फर्ममा भियतनामी महिला चार र उनी एकला पुरुष थिए । काम गदै जाँदा एक भियतनामी महिलासँग प्रेममा परे । दुर्ई हप्तामा एकपटक बिदा पाइने आइतबार लजमा बिताउँथे । यो प्रक्रिया ६ महिना चल्यो । उनले यो अबधिमा एक रुपैयाँ नेपाल पठाएनन्, उनी झुटो प्रेममा परे । पछि उनै महिलाले आफू गर्र्भवती भएको बहानामा ६० लाख कोरियन वोन कुम्ल्याएर कुलेलाम ठोकिन । पछि बल्ल उनले ती महिला अवैधानिक भएको चाल पाए ।

भैरहवाका महतब आलम बुसानको मोटर पार्र्टस कम्पनीमा काम गर्र्छन । उनको आम्दानीको अधिकांश रकम उनी मसाजसहित यौन मामलामा खर्च गर्र्र्दछन् । हप्ताभरीको थकान मेटाउने यहि माध्यम उपयुक्त भएको उनको मान्यता छ । तर उनलार्ई यसबाट भबिष्यमा आर्ईपर्र्न सक्ने समस्याको बारेमा सोच्ने समय छैन । पर्वतका हरि खत्री ख्यङ्गदोको ह्वासाङ्ग क्षेत्रमा काम गर्दथे । कोरिया आएको छ महिनामा कम्पनीले आयोजना गरेको बिशेष रात्रीपार्टीको कोरियनसँगै उपस्थिती भए, खाए अनी रमाए । रात छिप्पिदै गयो मात बढदै गयो रमार्ईलोको निम्ति भन्दै कोरियन केटीसँग हिमचिम बढाएर आपसी सहमतिमा यौन सम्बन्ध बनाए । तर, तीन दिनमै ती महिलाले आफूलार्ई बलात्कार गरेको उजुरीका आधारमा गिरप्तार भई जेल पुगे ।

दक्षिण कोरियाको बुसानसिटीको पानोरमा मसाज सेन्टरकी संचालीका ३१ बर्र्षीय कोरियन महिला जियुले आफना लगभग डेढ दर्र्जन जती नेपाली युवक नियमित ग्राहक भएको र एक रातको दुर्ई लाख कोरियन वोन खर्च गर्र्ने गरेको बताउँछिन । साथै यसैलार्ई आधार मान्ने हो भने पनि नेपाली युवाहरुले कोरियाको यौन बजारमा न्युनतम मासिक चारसय मिलियम कोरियन वोन खर्र्च गर्ने गरेको देखिन्छ । जुन अती नै खतरनाक अबस्था हो साथै यिनै समस्याका कारण युवाहरु डिप्रेशनको शिकार बन्ने र आत्महत्या सम्म गर्र्र्न पछि नपर्र्ने कारणको रुपमा लिन सकिन्छ ।

दक्षिण कोरियाकोे सेक्स बजार पूर्णरुपमा बैधानिक नभएता पनि सेक्स बजारको मासिक हिसाबकिताब बिलियनमा हुने गरेको र त्यसका ग्राहक आधाभन्दा बढी बिदेशी हुने गरेको स्वंयम कोरियन बताउने गर्र्दछन । बिशेष गरि कोरियामा अनुमानित हजारभन्दा बढी मसाजसहित यौन अखडा छन् भने मुख्य यौन बजार सुवन र बियारी भन्ने ठाउँमा नेपाली युवाहरुको भिड हुने स्वयम् नेपालीहरु बताउँछन ।
– अर्जुन बराल

The post कोरियामा मोजमस्तीका लागि यसरी फस्छन् नेपाली युवाहरु ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2Fqk1c9
via IFTTT

0 comments:

Post a Comment

add

 
Top