Photo of Milford Sound in New Zealand

नायिका पूजा शर्मा नेपाली फिल्म क्षेत्रमा निकै चर्चित छिन र उनले फिल्म प्रेम गित बाट धेरै फ्यानहरु बनाउन पनि सफल बहेकी हुन् । कुनै बेला छोरी भएर जन्मिएकै कारण परिवारको बहिष्कारमा परेकी थिइन उनी । त्यो घटनाले उनलाई संघर्ष गर्नुपर्छ भन्ने सिकायो । उनले हिम्मत हारिनन् ।

मनलाई बलियो बनाउँदै आत्मविश्वासलाई दृढ बनाएकी उनले आमा दुर्गा सापकोटाको जीवन पाठशाला जस्तो बन्यो । जीवनको वास्तविकताबारे बुझ्न र भिज्न उनलाई आमाको जीवन र समर्पण नै ठूलो किताब थियो । उनी हुन् नायिका पूजा शर्मा । नपाली सिनेमा जगतमा चिनिएकी नायिका हुन् उनी ।

त्यो बेला, जब उनको जन्म भयो– उनको जन्मले परिवारमा एक किसिमको तहल्का नै मच्चायो । छोराको आश गरेका परिवारमा छोरी जन्मिएपछि सबै निराश भए । पारिवारिक खटपट र समस्या झेलेपछि पूजाका बाबुले दोस्रो विवाह गरे । छोरीको सुनौलो भविष्यकै लागि उनकी आमा सिन्धुपाल्चोकको गाउँ छोडेर काठमाडौं आइन् । विभिन्न कष्ट झेलेर छोरीलाई हुर्काइन् । छोरीको आनीबानी र व्यवहार देखेर पनि उनलाई विश्वास थियो कि छोरी एकदिन सफल हुन्छिन भन्ने ।

स्नातक पढ्दा पढ्दै पूजाले मिडियामा काम गर्न थालिन् । नयाँ नयाँ मानिसहरुसँग परिचय र काम गर्ने शैली आदि बुझ्ने उनले मौका पाइन् । केही समयमै उनको करिअर फिल्मतर्फ मोडियो । फिल्म ‘३ लभर्स’बाट उनले डेब्यु गरिन् । त्यो फिल्ममा स्क्रिप्टमा भए भन्दा फरक सुटिङ गरियो । जसका कारण पूजा हतास पनि भइन् । आफ्नै फिल्म हेरेर ‘अड’ महशुस गरेकी पूजाले आइन्दा फिल्म नै खेल्दिन भनेर घर बस्न थालिन् ।

तर जीवनले उनलाई त्यही बाटो कोरेर राखिदिएको रहेछ । एउटा उखानै छ, ‘लेखेको पाइन्छ देखेको पाइदैन ।’ उनको जीवनमा पनि त्यस्तै भयो । चलचित्रमै भविष्य गाँसिसकेपछि उनले एक पछि अर्को फिल्मको अवसर पाउँदै गइन् । उनले त्यसपछि मधुमास’, ‘चंखे शंखे पंखे’ जस्ता फिल्ममा काम गरिन् ।

तर, ती फिल्मबाट उनी विरलै दर्शकमाझ चिनिइन् । जीवनका तीता मिठा घटना संगाल्दै चलचित्र क्षेत्रको खुट्किला पछ्याउँदै गरेकी पूजाको लागि चौथो फिल्म ‘प्रेमगीत’ ले धेरै पविर्तनका ढोकाहरु खोलिदियो । फिल्ममा नायक प्रदीप खड्का र पूजा शर्माको केमेस्ट्रि सर्वाधिक रुचाइएको कारण पनि फिल्म ब्लकबस्टर हिट भयो । फिल्मले दिएको सफलताले पूजा रातारात हिट भइन् ।

तर, त्यो सफलतालाई रातारात पाएको सफलता मान्न तयार छैनन् पूजा । सुरुवाती दिनदेखि नै आफू संघर्षमा रहेको र विभिन्न समस्या झेल्दै आएको कुरा उनले बताइन् । दुःखकै कुरा बताउँदै उनले भनिन्, ‘सबै काम रातारात हुँदैन । समय लाग्छ तर धैर्य गुमाउनु हुँदैन । मैले पनि धैर्य गुमाइन ।’ सुरुवाती दौरमा आफ्ना बारे धेरै नकारामक समाचारहरु आएको तर तिनै मानिसहरुको तालीलाई गालीमा परिवर्तन गराउ सक्ने क्षमता आफूमा भएको उनले बताइन् ।

पूजाले अहिलेसम्म खेल्दै आएका फिल्महरु सबै निर्देशक सुदर्शन थापाको ब्यानर मात्र भएका कारण उनी बेलाबखतमा सुदर्शन थापासँग पनि जोडिन पुग्छिन् । कत्तिले त उनको हातमा भएको ट्याटु पनि सुदर्शन थापाको नामको हो भनेर टिप्पणी पछि गर्छन् । तर, अहिलेसम्मका कुन चाहीँ सेलिब्रेटीले सम्बन्धबारे खुलेर बोलेका छन र ? पूजाले पनि उही जवाफ दिन्छिन् । सुदर्शन थापा राम्रो साथीमात्र भएको र त्यस्तो गहिरो सम्बन्ध नभएको बताउँछिन् ।

बाँकी रह्यो ट्याटुको कुरा । ‘टम एण्ड जेरी’ कार्टुनको ठूलै फ्यान रहेकी उनले घरमा पनि टम र जेरीको ठूलै पोस्टर टालेकी छिन् । कक्षा १० मा पढ्दा संगतको लत र केटाकेटीपनमा उही कार्टुनको ट्याटु हानेको उनी बताउँछिन् ।

असार ३० मा उनी अभिनित फिल्म ‘म यस्तो गीत गाउँछु’ रिलिज हुँदै छ । फिल्मको केही समयअघिमात्र सार्वजनिक भएको गीत ‘भन्छु आज मनका कुरा’ युटुबमा ट्रेण्डिङमा रहेको छ । गीतको सफलताको खुशीको सीमा नै छैन उनलाई । फिल्मबारे पनि आफू उत्तिकै आशावादी रहेको बताउँछिन् । यो पटक पल शाहसँग जोडी बाँधेकी पूजा फिल्ममा ‘छायाँ’ को भूमिकामा देखिदै छिन् ।

कति दर्शकले पूजाले अब काम गर्न लागेको फिल्म ‘म यस्तो गीत गाउँछु’ फिल्म ‘प्रेमगीत’ को सिक्वेल भएको पनि अनुमान गरेका छन् । त्यसकारण पनि उनलाई धेरैले फेसबुकमा तपाईंको ‘प्रेमगीत २’ कहिल्ये आउँछ भनेर म्यासेज पनि पठाउँछन् ।

कुराकानीको क्रममा उनलाई पनि अरु नायिकालाईजस्तै प्रश्न तेर्सियो, ‘तपाई प्रेममा हुनुहुन्छ कि सिंगल ?’ प्रश्न झर्न नपाउँदै उनले उत्तर दिइन्, ‘सिंगल छु’ । फिल्म क्षेत्रमा लागिसकेपछि जोसँग पनि नाम जोडिने हुनाले दर्शकले पनि यस्ता कुरा बुझ्ने बताउँदै उनले प्रश्नको बिट मारिन् ।

The post ‘छोरी जन्मेको भनेर परिवारले म र आमालाई बहिष्कार गर्‍यो’ – नायिका पुजा शर्मा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2njNEp3
via IFTTT

0 comments:

Post a Comment

add

 
Top