Photo of Milford Sound in New Zealand

फागुन २६ गते बलिउड स्टार सलमान खान ‘द–दवङ द टुर’ अन्तरगत नेपाल आउँदैछन् । उनीसँगै सोनाक्षी सिन्हा, निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जाबी भांगडा डान्सर ‘मिड बोस’ पनि आउने छन् ।

ओडीसी इन्टरटेनमेन्टले गर्न लागेको कार्यक्रममा भारतीय कलाकारसँगै नेपनली कलाकार पनि मञ्चमा उत्रिनेछन् । तर को को नेपाली कलाकारले सलमानसँग स्टेज सेयर गर्नेछन् त्यो भने टुङगो लागि नसककको ओडीसीका सिमान्त गुरुङ बताउँछन् ।

सबै कलाकार फाइनल नभए पनि प्रियकां कार्कीसँग भने कुरा भएको उनले बताए । “नेपाली कलाकार कोको हुनेछन् भन्ने अहिले टुङगो लागिसकेको छैन । तर प्रियंका कार्कीसँग भने कुरा भएको छ,” गुरुङले भने, “अरु भने यकिन हुन बाँकी छ । केहीसँग कुरा भैरहेको छ ।”

कार्टुज क्रु लगायतका केही डान्स ग्रुपसँग कुरा भए पनि फाइनल भएको छैन । ट्रयाकमै गाउने भएकाले ब्यान्ड (सांगीतिक समूह) भने कार्यक्रममा हुने छैनन् ।

गायक गायिकामा पनि कसकसलाई बोलाउने टुङो भैनसकेको गुरुङले जानकारी दिए ।

५० हजार भन्दा धेरै दर्शक उपस्थित हुने लक्ष्य लिएको छ । १५ सयभन्दा धेरै सुरक्षाकर्मीले कार्यक्रमस्थलमा सुरक्षा दिनेछन् भने ५ सय प्राइवेट सुरक्षाकर्मी परिचालन गरिनेछ । ४ सयजना स्वेमसेवकले कार्यक्रमलाई ब्यबस्थित गर्नेछन् ।

कार्यक्रमको टिकट ग्लोबल आईएमई बैंकबाट पाइनेछ । टिकट ३ हजार, ५ हजार र १० हजार दरका रहेका गुरुङले जानकारी दिए ।

सलमान फागुन २५ गते नेपाल आउने छन् । जेट एयरलाइन्सको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्ने उनीसँग ९० जनाको समूह हुनेछ । टोली होटल सोल्टीमा बस्नेछ । सलमान ११ मार्चमा मुम्बई फर्किनेछन् ।

चलचित्र फिल्म ‘टाइगर जिन्दा है’ को सफलता साट्ने क्रममा सलमान नेपाल आउन लागेका हुन् । सलमान सन् १९९४ पछि दोस्रोपल्ट नेपाल आउन लागेका हुन् ।

The post सलमानसंग डान्स गर्दैछिन् प्रियंका कार्की ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2GvR93z
via IFTTT

0 comments:

Post a Comment

add

 
Top