Photo of Milford Sound in New Zealand

ललितपुर, ललितपुरमा भएको एक बलात्कार घटनामा रिपोर्ट नआउदै आरोपी हरु रिहा भएका छन | एक कम्पनीमा प्लास्टिकका थैला बनाउने दैनिक रोजीरोटीको काम सकेर साँझपख घर फर्किरहेकी २१ वर्षीया युवतीमाथि भएको ‘जबर्जस्ती करणी तथा ज्यान मार्ने उद्योग’ सम्बन्धी घटनालाई आफन्तजन र गाउँलेले भोलिपल्ट बिहान मात्रै थाहा पाए ।

बेलुका सधैंको समयमा घर नफर्केपछि युवतीका २३ वर्षे श्रीमान् हरिराम र घरमा बुहारी पर्खिरहेकी सासूले फोन सम्पर्क गर्न खोजिहेरे । सुरुमा फोन लागिरहेको थियो तर, एकछिनबाटै फोन बन्द भयो । ललितपुरको भित्री एक मनोरम बस्तीकी युवती यामकुमारी मंसिर २ को साँझ ७ बजेदेखि सम्पर्कविहीन भएकी थिइन् । कान्तिपुर दैनिकमा खबर छ ।

खोजबिनमा हिँडिरहेका युवतीका श्रीमान्ले बाटैमा भेटिएका प्रहरीको एक डफ्फालाई श्रीमती बेपत्ता भएको बारे जानकारी गराए । ‘तिम्री श्रीमती राम्री थिइन्, कसैले लग्यो होला । भोलि खोजौंला’ भन्ने गैरजिम्मेवार जवाफ पाएपछि हरेराम र अरू आफन्त खोजीमा यताउता भौंतारिइरहे । कतै नभेटिएपछि रातको १२ बजे ललितपुर प्रहरीमा फोन गरेर घटना अवगत गराउँदै हरिरामले खोजबिनका लागि आग्रह गरे ।

घटनाको भोलिपल्ट बिहान मात्रै यामकुमारीलाई बस्ती बीचबाट बग्ने खोलाको किनारमा रहेको तोरीबारीमा अर्धनग्न र बेहोस अवस्थामा प्रहरीले भेटेपछि यो प्रकरण थप रहस्यमयी बन्दै गएको थियो । युवतीको टाउकोमा ठूलो चोट देखिन्थ्यो, शरीरको तल्लो भागमा कपडा थिएन, दायाँ हात धेरै ठाउँमा भाँचिएको थियो । तिघ्रा, स्तनलगायतका स्थानमा नीलडाम देखिन्थ्यो । एउटा कानको लोती चुँडिएसरह थियो । ‘मैले प्रेममा परेर बिहे गरेको एक वर्ष पनि भएको थिएन, प्राणभन्दा प्यारी श्रीमतीको त्यो हाल देखेर अरू कुराभन्दा पहिले ऊ बाँचिदिए मात्रै हुन्थ्यो भन्ने भित्री इच्छा मनमा पलाएको थियो,’ नृशंस घटनामा परेकी युवतीका श्रीमान् हरिरामले सुनाए ।

घटनास्थलको मुचुल्का तत्काल बनाएर घाइते युवतीलाई पाटन अस्पताल लगियो । तर टाउकोमा गम्भीर चोटसहित स्नायु प्रणालीमा आघात परेकाले शिक्षण अस्पताल ‘रिफर’ गरियो । ‘उनलाई ७ दिनसम्म आईसीयूमा राखियो, झन्डै कोमाजस्तै थियो,’ युवतीकी आफन्त दिदीले पनि घटनाबारे सुनाइन्, ‘बहिनीलाई लगातार एक महिना अस्पताल राख्यौं, झन्डै ३ लाख रुपैयाँ खर्चेर उसले जीवन त पाई । तर, बाँच्नु र मर्नुको दोसाँधमा ऊ बसेकी छे ।’

दाहिने हात टुक्राटुक्रा रूपमा भाँचिएको अवस्थामा भेटिएकी यामकुमारीको स्टिल सपोर्टमा हात जोडिएको छ भने टाउकाको गहिरो घाउमा ३० भन्दा बढी टाँका लगाइएको छ । यो घटनाबारे राष्ट्रिय मानव अधिकार आयोग र महिला अधिकार आयोगले पनि प्राथमिकताका साथ अनुसन्धान गरिरहेका छन् ।

पीडित युवतीले दिएको बयानमा आफूलाई मंसिर २ को साँझमा ३ जना व्यक्तिले ज्यान मार्ने नियतले आक्रमण गरेको, पैदल हिँडिरहेको सडकबाट तल तोरीबारीमा खसाएर ढुंगाले टाउकोमा हानेको, मोबाइलको टर्च आँखामा बाल्दै रघु, विशाल र पवनको नाम काढेरै एकअर्कालाई बोलाएकोबताएकी थिइन् ।

कुटपिट र लछारपछारपछि बेहोस अवस्थामा बलात्कार गरे/नगरेको आफूलाई थाहा नभएको उनले बयानमा बताएकी थिइन् ।किटानी नामका आधारमा ललितपुरकै रघु सिलवाल (३२), विशालध्वज कार्की (२०) र पवन कुँवर (२०) लाई प्रहरीले पक्राउ पनि गर्‍यो । अस्पतालमा रहेकी युवतीले ३ अभियुक्तलाई स्पष्ट रूपमा चिनेपछि बल्ल कानुनी लडाइँको दह्रो आधार मिल्यो । प्रारम्भिक अनुसन्धानपछि पुस २४ गते पाटन जिल्ला अदालतमा सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता राम घिमिरेले अभियोगपत्र प्रस्तुत गरेका थिए । यो प्रकरणमा तीन प्रतिवादीका तर्फबाट पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठसहितले वकालत गरेका थिए ।

घटनाको गम्भीरता र संवेदनशीलता कायमै रहेका बेला एकाएक ललितपुर जिल्ला अदालतले गत पुस २६ मा प्रतिवादीमाथि लगाइएको आरोप र जाहेरीमा पर्याप्त प्रमाण नभेटिएको भन्दै साधारण तारेखमा रिहा गरिदिएको छ ।

The post आफ्नै श्रीमती यस्तो अर्धनग्न हालतमा भेटिएपछि… – appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ByDMvO
via IFTTT

0 comments:

Post a Comment

add

 
Top