Photo of Milford Sound in New Zealand

काठमाडौं, १५ माघ । बलिउड चलचित्र कुनै न कुनै सन्देश बोकेकै हुन्छन् । अधिकांश चलचित्रमा असत्यलाई सत्यले जितेको देखाइन्छ । झुट जति नै ठूलो भए पनि अत्यमा सत्यको अगाडि झुकेकै हुन्छ । चलचित्रमा नकारात्मक भूमिका पनि सकारात्मक भूमिका जस्तै प्रभावशाली बनाइएको हुन्छ । त्यसले दर्शकलाई चलचित्रको अत्यसम्म बाँधेर राख्नसमेत मद्दत गर्छ ।

केही यस्ता चलिचित्र छन्, जसमा नकारात्मक भूमिका निक्कै नै प्रभावशाली बनाइएको छ । चलचित्रको अत्यमा जित त हिरोकै हुन्छ । तर दर्शकले नकारात्मक भूमिका निर्वाह गर्ने कलाकारको मन पराएका छन् ।

करण अर्जुन

१९९५ मा रिलिज भएको यो चलचित्र पुनर्जन्ममा आधारित यो चलचित्रमा अमरिस पुरी भिलेनको भूमिकामा थिए । करण अर्जुनको भूमिकामा भने सलमान र शाहरुख खान रहेका थिए । चलचित्रमा परीले एक पटक करण अर्जन दुवैलाई बेरेको समेत देखाइएको छ । अत्यमा दुवै हिरोको जित हुने यो चलचित्रमा अमरिसले निर्वाह गरेको भूमिका दर्शकको रोजाइमा परेको थियो । यो चलचित्रलाई राकेश रोशनले निर्देशन गरेका हुन् ।

डर

१९९३ मा रिलिज भएको यो चलचित्रलाई यस चोपडाले निर्देशिन गरेका हुन् । चलचित्रमा एक साइको आशिकको प्रेम कथा देखाइएको थियो । जसमा अभिनेत्रीको विवाह अर्को व्यक्तिसँग भए पनि ऊ भिलेनका रूपमा सबै फलो गथ्र्यो । यस चलचित्रमा भिलेन शाहरुख थिए भने हिरोको भूमिकामा सन्नी देवल देखिएका थिए ।

सङ्घर्ष

१९९९ मा आएको चलचित्र ‘सङ्घर्ष’मा आसुतोष राणा नेगेटिभ भूमिकामा देखिएका थिए । चलचित्रका उनको डरलाग्दो भूमिका थियो । जुन भूमिकामा दर्शकसमेत डराउँथे । चलचित्रको प्रदर्शनदेखि अहिलेसम्म पनि उक्त भूमिकाको चर्चा हुने गरेको छ । फिल्मलाई निर्देशक तनुजा चन्द्रले निर्देशन गरेका थिए ।

अग्निपथ

कराण मल्होत्राको यो चलचित्र २०१२ मा रिलिज भएको थियो । यसमा अभिनेता सञ्जय दत्तले भिलेनको भूमिका थिए । चलचित्रमा हिरो ऋतिक रोशन थिए । चलचित्रको अत्यमा हिरोको मृत्यु हुन्छ । यो चलचित्रमा भिलेनको भूमिका निकै प्रभावशाली थियो ।

पद्मावत

गत २५ जनवरीबाट सार्वजनिक प्रदर्शनमा आएको यो चलचित्रमा साहिद कपुरले रतन सिंह रावलको भूमिका निर्वाह गरेका छन् । उनी चलचित्रमा राम्रो राजपुत र जनताको भलो गर्ने राजा बनेका छन् । यसमा अभिनेता रणवीर सिंहले भिलेन अलाउद्दिन खिलजीको भूमिका निर्वाह गरेका छन् । जसलाई दर्शकले मन पराइरहेका छन् । एजेन्सी

The post बलिउडका ५ चलचित्र, जसमा हिरोको भन्दा भिलेनको बढी चर्चा भयो appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2GuB2U3
via IFTTT

0 comments:

Post a Comment

add

 
Top