Photo of Milford Sound in New Zealand

सम्माननिय राष्ट्रपति ज्यु!

बिषय : राजिनामा दिने सन्दर्भमा

उपर्युक्त बिषयमा म शेर बहादुर देउवा यस मुलुकको प्रधानमन्त्रीको रुपमा बहाल रहेको कुरा त यहाँले मलाई सपथ गराएदेखी नै थाहा होला । अझ ६४ सदस्यीय मन्त्रीपरिषद बिस्तार गर्दा त ठुलै होहल्ला भएको थियो, यहाँलाई थाहा नहुने कुरै भएन ।

कम्युनिस्ट अधिनायकवाद ल्याउन भनेर कस्सिएका एमाले र माओवादी केन्द्रको गठबन्धन भएपछी चुनावमा नराम्रोसंग पराजय भोगियो, भनेर भन्देखुन लाई । अब प्रतिपक्षीहरु र हुँदा हुँदा आफ्नै पार्टीकाले पनि राजिनामा दे, राजिनामा दे भन्दै हिँड्या छन् । अरे बाबा, हारेको त काङ्ग्रेस हो, मैले त धेरै मत ल्याएर जितेको छु नी, किन राजिनामा दिनु ?

यस्तो अप्ठेरो परेको बेलामा लोकतन्त्र लगेर बुझाउने ठाउँ छैन । ज्ञानेन्द्रलाई बुझाउँ, उनी नागार्जुनतिर कहाँ बस्छन था छैन । दिल्लीलाई बुझाउँ भने मैलाई देश निकाला गर्लान भन्ने पीर छ । ज्योतिषीले सातपटक प्रधानमन्त्री हुन्छस भन्थे, यहाँ सात दिन टिक्न नदेलान जस्तो भैसक्यो । अरे बाबा ! अर्को बालुवाटार बनाएर त्यहिँ बसे भैहाल्यो नी । दुईवटा प्रधानमन्त्री हुन्नन भनेर संबिधानमा लेख्या छैन क्यारे ।

त्यही पनि यो राजिनामा लेखेर गोजीमा राखेर हिँड्या छु । हारेकालाई ‘पराजित’ भन्नेहरुसंग मेरो असहमती छ । ‘उपबिजेता’ या ‘सहबिजेता’ भन्दिए कसको के जान्थ्यो र भनेर भन्देखुनलाई ? राष्ट्रपति निवाससम्म राजीनामा ल्याउने मेरो हिम्मत भएन । कसैले मेरो कोटको गोजीबाट बरामद गरेर ल्याईदियो भने स्विकार गरियोस भन्न चाहन्छु ।

उहि भवदिय प्रधानमन्त्री
शेर बहादुर देउवा

(लेखक ईश्वर अर्याल ज्युले तयार पारेको व्यंग्यात्मक छोटकरी पत्र पोष्टपाटीबाट साभार गरिएको छ)

The post प्रधानमन्त्री देउवाले दिए राजीनामा :यस्तो छ राष्ट्रपतिलाई लेखेको राजीनामा पत्र ! appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2nrf2Rk
via IFTTT

0 comments:

Post a Comment

add

 
Top