Photo of Milford Sound in New Zealand

काठमाडौ । बेलायतमा गोर्खाली सेनाले सेवा गर्न थालेको २ सय वर्ष पूरा भएको अवसरमा गोर्खा सैनिकको बहादुरीको वर्णनले बेलायती अखबारहरु भरिए । ती मध्ये केहीले गोर्खा सैनिक कति भयानक हुन्छन् भन्ने बुझ्न केही घटनाहरु उल्लेख गरेका छन् । घटनामध्ये पनि ८ घटना यस्ता पनि छन् जसले गोर्खा सैनिकको बहादुरीका अगाडि जो कोही झुक्न बाध्य हुन्छ ।

सन १८१५ मा बेलायती सेनाले नेपालमाथि धावा बोल्यो । तर बेलायतीहरु गोर्खालीबाट सजिलै पराजित भए । त्यसपछि बेलायती सेनाका अधिकारीहरुले सोचे कि यदि गोर्खालीलो पराजित गर्न सकिदैन भने उनीहरुलाई आफ्नो सेनामा सामेल गर्न अवश्य सकिन्छ ।त्यसपछि नेपाल र बेलायतबीच भएको शान्ति सम्झौतामा नेपाल गोर्खालीलाई बेलायती शाही सेनामा भर्ति हुने स्वीकृति दियो । त्यसपछि पहिलो र दोस्रोसहित गोर्खाली सेनाले कैयन युद्ध लडे ।

त्यस मध्येको फकल्याण्ड युद्ध त बेलायतीहरुले जीवनभर नबिर्सने युद्ध गोर्खालीले लडिदिए । अहिले गोर्खाली सेना यो ग्रहकै सबैभन्दा भयानक हुन्छन् भन्ने प्रमाणित भएको छ ।

गोर्खाली सेनाका केही बहादुरीपूर्ण घटनाहरु यस्ता छन्ः

१. सन २०१० मा अफगानिस्तानमा गोर्खाली सैनिक दिपप्रसाद पुन एक्लैले ३० तालिबानी लडाकुको एक चिहान बनाए । उनी चेकपोइन्टको छतमा बसेर ड्युटी गरिरहेका थिए । ठीक त्यहीबेला तालिबानीले एके फोर्टी सेभेन, ग्रिनेड जस्ता घातक हतियारसहित चारैतिरबाट धावा बोले ।

दिपप्रसादलाई मार्न तालिबानीहरु छतमा चढ्न खोजे । तर उनले आफूसँग भएको १७ ग्रिनेड, ४ सय राउन्ड गोलीले ३० जना तालिबानीलाई एक एक गरी भूँईमा बजारी दिए । पुनको बहादुरीलाई बेलायतमा उच्च बहादुरीका लागि दिइने भिक्टोरिया क्रसबाट सम्मान गरियो ।

२. सन् २००८ मा गोर्खा सैनिकको एक टोली अफगानिस्तानमा एम्बुसमा पर्यो । घटनामा युवराज राई नराम्ररी घाइते भए । क्याप्टेन गजेन्द्र आङदाम्बे, राइफलम्यान धन गुरुङ र मञ्जु गुरुङले युवराजलाई ३२५ फिट माथि खुला स्थानमा बोकेर पुर्याए । टोलीका एक गोर्खाली भने घाइते युवराजको र आफ्नो राइफल बोकेर सत्रुसँग लड्न फर्किए ।

३. सन १९४५ मा राइफल म्यान लक्ष्मण गुरुङ आफ्ना दुई साथीहरुसँग आफ्नो मोर्चामा थिए । त्यहीबेला २०० जापानी सेनाले फायर खोलिदियो । गुरुङका दुवै साथीहरु नराम्रोसँग घाइते भए । जापानी सेनाले गुरुङको सानो समूहमा ग्रिनेड फ्याक्न थाल्यो । गुरुङले सुरुका दुईवटा ग्रिनेड जापानी सेनाकै समूहमा फर्काइदिए ।

तर जब तेस्रो ग्रिनेड फकाउन खोजे त्यो गुरुङको दाहिने हातमा विष्फोट भयो । विष्फोटमा गुरुङका औलाहरु, दाहिने पाखुरा र अनुहारमा गहिरो चोट लाग्यो । त्यसपछि जापानी सेना गुरुङकै शिविरमा अघि बढ्यो ।

तर गुरुङले देब्रे हातले राइफल चलाएर ३१ जापानीलाई मृत्युको घाटमा पुर्याइदिए । त्यसपछि बाँकी जापानीले अघि बढ्ने हिम्मत गरेनन् । सो युद्धमा गुरुङको विजयी भयो । उनले पछि भिक्टोरिया क्रस प्राप्त गरे ।

४. भानुभक्त गुरुङ एक त्यस्ता योद्धा थिए जसले दोस्रो विश्वयुद्धमा एक्लैले बर्मामा जापानी सेनालाई हायलकायल पारेका थिए । जापानी सेनाको सबैजसो बंकर एक्लैले कब्जा गर्ने भानुभक्तलाई पनि भिक्टोरिया क्रसबाट सम्मान गरिएको थियो । भानुभक्तको प्लाटुनमा जब १० जनामात्रै थिए, त्यहीबेला जापानी सेनासँग घमासान युद्ध भयो ।

भानुभक्तको प्लाटुनलाई जापानीहरुले राइफल, ग्रिनेड, मोर्टारले प्रहार हुन थाल्यो । केही लुकेर प्रहार गर्नेहरुले पनि गरे । भानुभक्तले पनि एक रुखमा लुकेर जापानी सेनाको बंकरमा गोलाबारुद वर्षाउन थाले । आफ्ना अन्य साथीहरुकै अगाडि उनी बंकरमा अगाडि बढे ।

दुईवटा ग्रिनेड प्रहार गरेर जापानीको हौसलामा क्षतविक्षत पारिदिए । आफ्नो खुकुरीले दुई जापानी सत्रुको गर्दन छिनाए । अर्को एकलाई ढुंगाले हिकाएर समाप्त पारिदिए । फेरि आक्रमणमा उत्रेका तीन जापानीलाई उनले गोलीको निसाना बनाए ।

५. बेलायती सेनामा गजे घलेको ठूलो ख्याती छ । सन १९४३ मा बर्माकै लडाइमा जापानी र बमेली सेनाको अखडा कब्जा गर्न दुई पटक गोर्खा सैनिक असफल भइसकेको थियो । तेस्रो पटकका लागि घलेलाई जिम्मेवारी दिइयो ।

तर घले आफै घाइते थिए । उनको पाखुरा र खुट्टामा चोट थियो । तर पनि उनले आफ्ना दुश्मनहरुलाई एक एक गरी सिध्याए । त्यो बहादुरी स्वरुप बेलायतले गजे घलेलाई भिक्टोरिया क्रसले सम्मान गर्यो ।

६. गोर्खालीको बहादुरी देखेर बेलायतका एक कर्णेल नै एक पटक कायल भएका थिए । सन १९४३ मा जर्मन सेनाविरुद्ध ट्युनिसियामा युद्ध छेडियो त्यसबेला गोर्खाली सेनाको नेतृत्व कर्णेल जोन पिटरले गरेका थिए । युद्ध चर्किदै गयो ।

दोहोरो हानाहानमा गोर्खाली सेना खुकुरी लिएर मेसिनगन चलाइरहेका जर्मन सेनामाथि जाइलागे । युद्धमा कर्णेल जोन पनि घाइते भए । तर युद्ध नजिति उपचार गर्दीन भनेर अडान लिए । अन्ततः युद्ध जिते । कर्णेल जोनले पनि ठूलो सम्मान पाए ।

७. सन २०११ मा ३५ वर्षका रिटायर्ट गोर्खा सैनिक बिष्णु श्रेष्ठ भारतमा रेल यात्रा गरिरहेका थिए । डाकाहरुले रेल बाटो मै कब्जा गरे । त्यसपछि डाकाहरुले यात्रुका सबै रुपैयाँ, गहना लुट्न थाले । विष्णु निहत्था थिए तर उनको साथमा एउटा खुकुरी चाहिँ थियो । विष्णुले आफ्नो खुकुरी झिकेर डाकाहरुमाथि एक्लै जाइलागे ।

उनले तीन भारतीय डाकालाई मुला काटे झै काटेर सिध्याइदिए । आठ जनालाई उठ्नै नसक्ने गरी मुर्छीत पारे । जबकी डाकाहरुसँग खुडा, तरबार र पेस्तोलसमेत थियो । तीन जनालाई काटे पछि बाँकी डाका भागे । त्यो घटनामा रेलका महिलाहरुलाई बलात्कारबाट समेत विष्णुले जोगाए । त्यसबेला विष्णुको बहादुरीको प्रशंसा भारतीय मिडियामा धेरै भएको थियो ।

८. इन्डोनेसियाको बोर्नेओमा सन १९६५ मा तनाव बढिरहँदा क्याटेन रामबहादुर लिम्बुले तीन पटक सत्रुको किल्लामा आक्रमण गरे । पहिलो आक्रमणमा धेरै गोलाबारी भयो । सो क्रममा दुई गोर्खाली सैनिकलाई गोली लाग्यो । एकको मृत्यु नै भयो । धेरै घाइते भए । सत्रुपक्षले फाइदा लिनु अघि नै लिम्बुले ग्रिनेड प्रहार गरे ।

उनी एक्लैले ग्रिनेड प्रहार गर्दै सत्रुहरुलाई युद्धमैदानबाट १०० यार्ड पर धकलिदिए त्यसपछि लिम्बुले आफना घाइते साथीहरुलाई गोलाबारीबीच बोकेर १०० यार्ड वर सुरक्षित स्थानमा ल्याए । उनको त्यो साहसलाई बेलायतले भिक्टोरिया क्रस दियो । purbelinews बाट

The post गोर्खालीहरुले गरेका यी ८ बहादुरी काम : जसले विश्व चर्चा देखि इतिहासमा सुनौलो अछरले समेत लेखियो appeared first on Taja nepali news.

http://ift.tt/2DShEi9

from SHYANE http://ift.tt/2GBFDnm
via IFTTT

0 comments:

Post a Comment

add

 
Top