Photo of Milford Sound in New Zealand

काठमाडौं । देखिएका यी तस्विरहरु, सेक्सटोय अर्थात नेपाली भाषामा भन्दा यौन खेलौना । नाम सुन्दा अनि देख्दा नेपाली समाजमा सजिलै खुल्न नसकिने विषय हो सेक्सटोय । युरोपीयन र विकसित देशहरुमा निकै फराकिलो व्यापार रहेको सेक्सटोयको दायरा पछिल्लो समय विस्तारै नेपाली समाजमा पनि बढेको देखिएको छ । नेपालमा पनि सेक्सटोय प्रयोग गर्नेको संख्या बढ्दै गएको पाइन्छ ।

सामान्य रुपमा सेक्सका विषयमा खुल्न नसक्ने नेपाली समाज र संस्कृतिभित्र सेक्सटोय बजारमा मानिसहरुको आकर्षण बढिरहेको देख्न सकिन्छ । नेपालका संभ्रान्त बर्गमा यौन सन्तुष्टिका लागि सुरक्षित तथा भरपर्दो माध्यमको रुपमा सेक्स टोय प्रयोग हुने क्रम बढिरहेको छ ।

राजधानीभित्र केहि बर्षअघि खुलेका सेक्स टोय पसलमा देखिएको भीड तथा जनचासोले नेपालीहरु पनि सेक्स टोय प्रति आकर्षित बन्न थालेको देखाउँछ ।

सेक्सटोय बजारको रिपोर्टिङका क्रममा हामीले सेक्सटोयसपमा यसरी ग्राहकहरु खुलेरै आफुलाई आवश्यक अनुसारका सेक्सटोयको किनमेल गरेको देख्यौँ । जसबाट पनि प्रष्ट हुन्छ अहिले नेपालमा सेक्सटोयको बजार फस्टाउँदै गइरहेको छ ।

के हो सेक्सटोय रु

सेक्सटोय कृत्रिम यौनाङ्ग हो । अर्थात् यौन खेलौना हो । यो महिला र पुरुषको यौनआनन्द प्राप्तिका लागि प्रयोग गरिने कृत्रिम साधन हो । जसको स्वरुप महिला तथा पुरुषको प्राकृतिक बनावट जस्तै हुन्छ । यो एकदमै उच्च स्तरको सिलिकनबाट निर्मित हुन्छ ।

सिलिकनबाट बनेको हुनाले यसलाई छुदा वा प्रयोग गर्दा प्राकृतिक झै अनुभव हुन्छ । यसको प्रयोगबाट सजिलै यौनान्द प्राप्त हुन्छ । यसमा प्रयोग गरिने भाइब्रेटरले अझ बढी उत्तेजना बढाइ चरमसुखानुभूति गर्न सहयोग पु¥याउँछ ।

अहिले बजारमा ब्यक्तिको चाहना र अनुभवका लागि फरकफरक आकार, प्रकारमा सेक्सटोयहरु पाइन्छ । स्वचालित पेनिसदेखि स्तन, भेजाइना मसाजर लगायतका यौन सामग्री नेपाली बजारमा उपलब्ध छ । त्यतिमात्र होइन, पुरुषका लागि महिला सेक्स डलपनि बजारमा उपलब्ध छन् ।

नेपाली बजारमा पुरुषले प्रयोग गर्ने टोयको मूल्य १५ सयदेखि ७५ हजार रुपैयाँसम्म पर्छ भने महिलाका लागि २ हजारदेखि २०, २५ हजारसम्म पर्छ ।

यौनका विषयमा कुण्ठित नेपाली समाजमा पछिल्लो समय सेक्सटोय प्रयोगकर्ताहरु उल्लेख्य रुपमै देखिएका छन् । सेक्स टोय खरिद गर्नेहरूमा हरेक उमेर समूहका छन् । अधिकांश सेक्स टोय खरिद गर्नेहरू २० देखि माथि उमेर समूहका बढि रहेको सेक्स टोय पसलका संचालकहरु बताउँछन् ।

पुरुषको तुलनामा सेक्स टोय खरिद गर्नेमा महिलाहरु नै बढी हुने गरेको सेक्स टोय पसलका संचालकहरुको भनाइ छ । विशेषत श्रीमान तथा श्रीमती विदेशिएका युवायुवतीहरुको यसतिर आकर्षण बढेको पसलका संचालकहरु बताउंछन् ।

कतिपय श्रीमानहरुले विदेश जानुअघि श्रीमतीको लागि भनेर सेक्स टोय उपहारस्वरुप दिएर जान्छन् । र प्रयोग गर्ने तरीका समेत सिकाएर जाने गरेको संचालकहरु बताउँछन् ।

नेपालमा नेता र चर्चित नायक नायिकाले पनि सेक्स टोय प्रयोग गर्ने गरेका छन् । कतिपय हिरोइनहरू पसलमै पुगेर खरिद गर्ने गरेका छन् भने कतिपयले घरमै मगाउँछन् । सेक्स टोय प्रयोग गर्नेमा नेता र सेनाप्रहरीका उच्च अधिकारी पनि रहेको संचालकहरुको भनाइ छ ।

सेक्सटोयलाई संचालकहरुले अनलाइन मार्फत पनि उपलब्ध गराउने गरेका छन्् । प्रयोगकर्ताहरुले लाज, र अप्ठ्यारोपनमा कारण अनलाइनबाट बढि मात्रामासेक्स टोयको माग गर्ने गरेका छन् । भाइवर, फेसबुक म्यासेन्जरमार्फत पेनिस, टाइटेनिङ जेललगायतका सामग्री मगाउने गर्दछन् ।

जसका कारण प्रायः सेक्स टोय पसलेले होम डेलिभरीको समेत ब्यबस्था गरेका छन् । यसरी प्रयोग गर्नेहरुको पहिचान भने गोप्य नै राखिन्छ ।
सेक्सको मामलामा अनुदार नेपाली संस्कृतिभित्र निकै सकसले सेक्स टोयको व्यबसाय थालेका संचालकहरु अहिले सोचेभन्दा फस्टाएको बताउछन् ।

सुरुमा ग्राहक नपाएका संचालकहरु अहिले दिनमा औसत २, ३ वटा सेक्स टोय बेच्छन् । सुरुसुरुमा ग्राहकहरू लजाउने गरेपनि अचेल अधिकांशले निसंकोच आफ्नो समस्या बताएर सेक्स टोय खरिद गर्ने गरेको संचालकहरु बताउँछन् । र अहिले नेपालमा साँच्चै सेक्सटोयको बजार बिकसित हुँदै गएको छ ।

The post कृतिम यौनाङ्गको बजार बढ्दै, जोडी विदेशमा हुनेले बढी प्रयोग गरे appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2BxUnQg
via IFTTT

0 comments:

Post a Comment

add

 
Top