Photo of Milford Sound in New Zealand

माघ १६ – बलिउड नायिका अनुष्का शर्माले डिसेम्बर ११ मा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीसँग विवाह गरेर सबैलाई आश्चर्यमा पारेकी थिइन ।

विवाह, रिसेप्सन सके लगत्तै अनुष्का पुनः आफ्नो काममा व्यस्त हुन थालेकी छिन् । अनुष्का यतिबेला सिलाई र कढाईको काम सिक्न थालेकी छिन् ।

पछिल्लो समय अनुष्का शर्मा शाहरुख खान अभिनित फिल्म ‘जिरो’मा व्यस्त छिन् । व्यस्तताको विचमा पनि समय निकालेर अनुष्का उनको अर्को फिल्म ‘सुई धागा’को तयारी सुरु गरेकी छिन् । फिल्ममा अनुष्काले एक आत्मनिर्भर कढाईकार महिलाको भूमिका निर्वाह गर्नेछिन् ।

उनले आफ्नो अभिनयलाई अझै राम्रो बनाउनका लागि फिल्मको शुटिङ सुरु हुनु अगावै सिलाई र कढाईको ट्रेनिङमा जान सुरु गरेकी हुन् ।

यशराज व्यानरमा बनिरहेको फिल्म ‘सुई धागा’कोे निर्देशन फिल्म ‘दम लगाके हइशा’का निर्देशक शरत कटारियाले गर्दैछन् । अनुष्का शर्माको फिल्म ‘सुई धागा’ मा वरुण धवनको पनि मूख्य भूमिका रहने छ ।

The post विवाहपछि अनुष्का शर्माले गर्न थालिन सिलाई कढाई appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2E2aISy
via IFTTT

0 comments:

Post a Comment

add

 
Top