Photo of Milford Sound in New Zealand

काठमाडौँ । २०६४ सालमा स्काभेटर अपरेटरको पदमा खाडी राष्ट्र कतार प्रवेश गरेका धनकुटाका मेष बहादुर घिमिरे (आकाश ) अहिले पेशा परिर्वतन गरी दुबईमा समुन्द्रमा पानी जहाज चलाउने क्याप्टेन भएका छन् । उनको दैनिकी बिहानदेखि नै साझ सम्म पुरै दिन समुन्द्रमा बोट चलाउदै बित्ने गर्दछ । कमाई पनि सन्तोषजनक भएकोले पनि आफ्नो पेशामा उनी खुशी रहेका छन् ।

नेपाल बाट आउने उच्च पदमा रहेका ब्यक्ति र अन्य साथी भाईहरुलाई आफै चालक भएर समुन्द्रमा घुमाउन पाउदा आफु निकै गौरवान्वित महशुस गर्ने बताउछन् । युएई भ्रमणमा आउदा पुर्व प्रधानमन्त्री प्रचण्डलाई समेत आफुले समुन्द्रमा घुमाउने अवशर पाएकोमा उनी निकै खुशी भएको बताउछन् ।

निकै नै रोमान्चक मानिने बोटको सामुन्द्रिक घुमाईमा विभिन्न किसिमका ग्राहकहरुको सामना गर्नु पर्ने र उनीहरुलाई खुशी पार्ने निकै चुनौतीको सामना गर्नु पर्ने बाध्यता रहेको हुन्छ । समुन्द्रमा आउने आधि हुरी ठुला ठुला छालहरुको सामना गदै विभिन्न विवाह ,भोज ,पार्टी आयोजना हुने गर्दछ । उक्त समयमा ग्राहकहरुको अनेकौ मागहरु हुने गर्दछ । चुनौतीको सामना गदै पेशागत धर्म निर्वाह गर्ने उनि सदैव तत्पर रहने बताउछन ।

निकै नै रोमान्चक मानिने बोटको सामुन्द्रिक घुमाईमा विभिन्न किसिमका ग्राहकहरुको सामना गर्नु पर्ने र उनीहरुलाई खुशी पार्ने निकै चुनौतीको सामना गर्नु पर्ने बाध्यता रहेको हुन्छ । समुन्द्रमा आउने आधि हुरी ठुला ठुला छालहरुको सामना गदै विभिन्न विवाह ,भोज ,पार्टी आयोजना हुने गर्दछ । उक्त समयमा ग्राहकहरुको अनेकौ मागहरु हुने गर्दछ । चुनौतीको सामना गदै पेशागत धर्म निर्वाह गर्ने उनि सदैव तत्पर रहने बताउछन ।

उनलाई शुरुमा २०६४ सालमा नेपालबाट मेन पावर कम्पनीले स्काभेटर अपरेटरको पदमा कतार पठाएको थियो तर कम्पनीले भने मजदुरको काम गर्ने बाध्य पारेको कुरा उनि कहिले नभुल्ने बताउछन । सोही कम्पनीमा काम गर्ने एकजना मेनेजरले उनको मेहनती स्वभाव देखेर पुन अफिस ब्वाईको जिम्मेवारी दिएर केही सहज बनाईदिएका थिए ।

बाल्यकाल पनि निकै कष्टकर बितेको स्मरण गदै आजको यो स्थानमा आईपुग्न निकै मेहनत गर्नुपरको उनी बताउछन् । उनको बुबाको उनी निकै सानो हुदाँ स्वर्गवाश भएको थियो । बुबाको निधन भए पछि परिवारमा ठुलो आपत्ति आईपरेको थियो ।

आमा एक्लैले चार छोरा एउटी छोरी लगाएतको सम्पुर्ण जिम्मेवारी सम्हाल्न निकै कठिन भएकोले आफु र एक जना दाईले विदेशी संस्थाको सहयोगमा स्कुलको अध्यान पुरा गरेको थिए । स्कुलको पढाईमा पनि बिचमा निकै बाधा आईपरेको थियो ।

मुलुकमा चलेको राजनितिक द्धन्दका कारणले बिचमै संस्था बन्द हुन पुगेको थियो । संस्था बन्द भए पछि काम गदै पढाई पुरा गरेका थिए । जीवनमा भुल्ने नहुने नाम लिन पर्दा आमा बुबा पछि रामदेव महत्तो र लक्ष्मिदेवि महत्तोको बाल्यकालमा निकै दुख पाउँदा महत्वपुर्ण योगदान रहको उनि बताउछन ।

जीवनमा जतिसुकै अप्ठारो पर्दा पनि निरन्तर आफ्नो कर्ममा लाग्नु पर्छ भन्ने धारणा लिएर अगाडि बढन् सके एक दिन अवश्य राम्रौ दिन आउने उनको अनुभव रहेको छ ।

The post स्काभेटर अपरेटरमा कतार पुगेका अहिले युएईको समुन्द्रमा पानि जहाज क्याप्टेन भए आकाश appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2DPKLq9
via IFTTT

0 comments:

Post a Comment

add

 
Top