Photo of Milford Sound in New Zealand

रौतहट, माघ ५ –कठ्याङ्ग्रिदो चिसोबाट अति प्रभावित रौतहटको समनपुरमा पुगेर डाक्टर गोविन्द केसीले निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्नुभएको छ ।

डाक्टर केसीले शुक्रबार शिविरको आयोजना गरी ३ सय बिरामीको स्वास्थ्य परीक्षण गरेर निःशुल्क रुपमा औषधिसमेत उपलब्ध गराउनुभएको छ ।

रौतहटको गढीमाई नगरपालिकाको समनपुरस्थित इलाका प्राथमिक स्वास्थ्य कार्यालयमा आयोजित स्वास्थ्य शिविरमा १ सय ८३ जना महिला र १ सय १७ जना पुरुषलाई स्वास्थ्य परीक्षण गरी औषधिसमेत दिइएको थियो ।

स्वास्थ्य शिविरमा गढीमाई नगरपालिकाको सुन्दरपुर, सग्रामपुर, पर्सा बलुवा मदनपुर, गम्हरिया, लक्ष्मिपुर, धनारी, धरमपुर, विनगरा, वरियारपुर, चिलमिलिया, सन्तपुर, इनर्वा र बृन्दावन नगरपालिकाको हर्दिया, पल्टुवा र संखुअवाका चिसोबाट प्रभावित विभिन्न रोगबाट ग्रसितलाई डाक्टर केसीको टोलीले स्वास्थ्य परीक्षण गरेर औषधि वितरण गरेको डाक्टर अभिशेषराज सिंहले जानकारी दिनुभयो ।

सिहका अनुसार यहाँ स्वास्थ्य परिक्षण गराउन आएका बिरामीहरुलाई चिसोबाट जोगिन लाइफसेभिंग ड्रग, जुकाको औषधिलगायतका औषधिहरु उपलब्ध गराएको छ । शिविरमा अधिकांश हाडजोर्नीका बिरामीहरु चिसोबाट प्रभावित भएका, नशा, रुघाखोकी, निमोनिया, दमलगायतका बिरामीहरुको उपचार गरिएको
बताउनुभयो ।

डा. केसीले रौतहट जिल्ला आफू चौथो पटक आएकाले कुन–कुन ठाउँमा गरिबी छ भन्ने जानकारी भएको बताउनुभयो । चिसोबाट रौतहट वास्तवमा धेरै प्रभावित भएको र दलित समुदायका डोम, दुसाढ, तत्मा, ढाँगर, मुसहर, चमारलगायतका जातिहरु धेरै प्रभावित भए पनि राज्यबाट उपेक्षा भएको बताउनुभयो ।

बिहीबार रौतहट आएका डाक्टर केसी कम्बल वितरणपश्चात बिहीबार साँझदेखि नै स्वास्थ्य शिविरको आयोजना गरेर चिसो पीडितलाई केही भए पनि मल्हम लगाउने कार्य गर्दा उहाँप्रति गढीमाई नगरपालिकाको मेयर श्यामबाबु यादवले धन्यवाद दिनुभयो । ujyaaloonline

The post न्यानो बाँड्न तराई झरे डाक्टर केसी appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

from SHYANE http://ift.tt/2ETUo3m
via IFTTT

0 comments:

Post a Comment

add

 
Top