Photo of Milford Sound in New Zealand

जेस्ठ २०।  आठौं राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड विद्यालय खेलकुदको पहिलो दिन एथलेटिक्सतर्फ चार नयाँ विद्यालयस्तरको राष्ट्रिय कीर्तिमान बनेको छ ।
त्रिपुरेश्वस्थित दशरथ रंगशालामा भएको १ हजार ५ सय मिटर दौडको छात्रमा मध्यमाञ्चलका अजितकुमार यादव र छात्रामा मध्यपश्चिमाञ्चलकी मञ्जु रावत तथा छात्र सटपुटमा मध्यपश्चिमाञ्चलका तिलक विक र छात्रा त्रिपलजम्पमा पश्चिमाञ्चलकी विपना परियारले विद्यालयस्तरको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरे ।
निर्धारित दूरी ४ मिनेट१४.५ सेकेन्डमा पूरा गर्दै अजितले २०६० सालमा मध्यमाञ्चलका राधेश्याम कावाले बनाएको ४ मिनेट १७.३० सेकेन्डको कीर्तिमान भंग गरे । पश्चिमाञ्चलका रोहित अधिकारी दोश्रो र पूर्वाञ्चलका प्रकाश दनुवार तेश्रो भए ।
मञ्जुले दूरी पूरा गर्न ५ मिनेट १०.४ सेकेन्ड समय लगाइन् । मञ्जुले २०७१ सालमा मध्यमाञ्चलकी संगीता खड्काले स्थापित गरेको ५ मिनेट १२ सेकेन्डको कीर्तिमानलाई विस्थापित गरेकी हुन् । पूर्वाञ्चलकी दीपा बस्नेत दोश्रो र मध्यपश्चिमाञ्चलकी निर्मला केसी तेश्रो बने ।
सटपुटमा कीर्तिमान बनाएका तिलकले १४.५४ मिटर टाढा फाले । मध्यमाञ्चलकै प्रशान्त महतोको नाममा १४.१२ मिटरको कीर्तिमान थियो । प्रशान्तले उक्त कीर्तिमान २०५६ सालमा कायम गरेका थिए ।पश्चिमाञ्चलका बसन्त गुरुङ दोश्रो र मध्यमाञ्चलका वीरेन्द्र चौधरी तेश्रो स्थानमा रहे ।
विपनाले १०.५२ मिटर जम्प गर्दै मध्यपश्चिमाञ्चलकी केशरी चौधरीले २०६३ सालमा बनाएको १०.२२ मिटरको कीर्तिमान तोडिन् । केशरी यो स्पर्धाकी राष्ट्रिय कीर्तिमानधारी हुन् । १२.२० मिटरको राष्ट्रिय कीर्तिमान केशरीको नाममा यथावत् छ । मध्यमाञ्चलकी जस्ता महतो दोश्रो र पूर्वाञ्चलकी रिना रावल तेश्रो भए ।
छात्रा सटपुटमा पश्चिमाञ्चलकी बसन्ती बुढा पहिलो भइन् । बसन्तीले १०.०३ मिटर टाढा फ्याकिन् । मध्यपश्चिमाञ्चलकी सीता बुढा दोश्रो भइन् भने पूर्वाञ्चलकी विनिता राई तेश्रो बनिन् ।
छात्र त्रिपलजम्पमा पहिलो भएका मध्यमाञ्चलका भुवन महतोले १३.५९ मिटर फ्याके । मध्यपश्चिमाञ्चलका सियाराम थारु दोश्रो र महेन्द्र विक तेश्रो भए ।


from ARENA http://ift.tt/20UouIq
via IFTTT

0 comments:

Post a Comment

add

 
Top