Photo of Milford Sound in New Zealand

रसियाका समर्थकहरुले फेरि हुलदंगा गरे टोलीलाई प्रतियोगिताबाट निकालिदिने युरोपेली फुटबलको नियामक निकाय युइएफएले चेतावनी दिएको छ ।
शनिबार इंग्ल्याण्डबिरुद्ध खेलमा हुलदंगा गरेको भन्दै रसियालाई १ लाख ५० हजार युरो जरिवनासमेत तिराइएको छ । यद्यपि, निलम्बन र जरिवाना स्टेडियम भित्र भएको घटनासँग मात्र सम्बन्धित रहेको छ ।

इंग्ल्याण्डलाई पनि निलम्बन गर्ने चेतावनी दिए पनि कुनै जरिवाना तिराइएको छैन ।
मंगलबार पनि दुवै समर्थकबीच लिलेमा झडपको खबर आएको थियो । ग्रुप बीमा रहेको रसियाले बुधबार स्लोभाकियाको सामना गर्दै छ भने वेल्स र इंग्ल्याण्ड बिहिबार वेल्ससँग भिड्नेछ ।
शनिबार भएको घटनापछि खेलको दौरान फ्रेन्च प्रहरीको उपस्थिति बढाइएको छ ।
यता, ४३ हुल्याहा रसियन समर्थकलाई घर फिर्ता पठाइएको छ । यसअघि, सन् २०१२ को युरोमा पनि रसियाका समर्थकहरुले हुलदंगा गरेपछि ६ अंक घटाइएको थियो भने साढे ३ वर्ष प्रतिबन्धित गरिएको थियो ।


from ARENA http://ift.tt/1WQjLt8
via IFTTT

0 comments:

Post a Comment

add

 
Top