Photo of Milford Sound in New Zealand

असार १ । अमेरिकाको क्यालिफोर्नियामा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको पहिलो क्वार्टरफाइनल खेलमा शुक्रबार बिहान आयोजक अमेरिका र इक्वेडर खेल्दैछन् ।

अमेरिका समूह ‘ए’को विजेता हो भने इक्वेडर समूह ‘बी’को उपविजेता हो ।

१८ टिमले सहभागिता जनाएको कोपा अमेरिकाअन्तर्गतका अन्य क्वार्टरफाइनलमा पेरुले कोलम्बियासँग, मेक्सिकोले चिलीसँग तथा अर्जेन्टिनाले भेनेजुएलासँग खेल्ने तय भएको छ ।

समूह चरणमा शत्प्रतिशत् नतिजा ल्याउने एकमात्र टिम अर्जेन्टिना हो ।

अर्जेन्टिनाले चिलीलाई २–१ ले, पानामालाई ५–० ले तथा बोलिभियालाई ३–० ले हराएको हो ।

प्रमुख दाबेदार ब्राजिल समूह चरणबाटै बाहिरिँदा साविक विजेता चिली र उपविजेता अर्जेन्टिनालाई राहत महसुस भएको छ । 

from ARENA http://ift.tt/1PuNJew
via IFTTT

0 comments:

Post a Comment

add

 
Top