Photo of Milford Sound in New Zealand

 जेस्ठ २६।  सत्रौं एसियाली जुनियर एथलेटिक्स च्याम्पियनसिपमा नेपालका आशिष खत्री र सरस्वती चौधरीको चुनौती समाप्त भएको छ । दुवैले आफ्नो अन्तिम स्पर्धामा २ सय मिटर दौडमा प्रतिस्पर्धा गरेका थिए ।
भियतनामको होचिमिन्हमा आशिषले निर्धारित दूरी २३.९६ सेकेन्डमा पूरा गरेको नेपाल एथलेटिक्स संघका महासचिव सुनील राजवंशीले जनाएका छन् । सरस्वतीले उक्त दूरी तय गर्न २६.९१ सेकेन्ड समय खर्चिन् ।
यसअघि दुवै खेलाडीले १ सय मिटर दौडमा भाग लिएका थिए । त्यसमा आशिषले ११.५० सेकेन्ड तथा सरस्वतीले १३.११ सेकेन्डको प्रदर्शन गरेका थिए । महासचिव राजवंशीका अनुसार टोली बुधबार स्वदेश फर्किदै छ ।


from ARENA http://ift.tt/1UdSDlv
via IFTTT

0 comments:

Post a Comment

add

 
Top