Photo of Milford Sound in New Zealand

जेठ २९ । युरोकप २०१६ मा आयोजक राष्ट्र फ्रान्सले विजयी सुरुवात गरेको छ । राजधानी पेरिसको स्टेड डी फ्रान्समा शुक्रबार राति भएको उदघाटन खेलमा फ्रान्सले रोमानियालाई २–१ ले हराएको हो ।
फ्रान्सको जितमा दिमित्री पेयटले अन्तिम समयमा गरेको सुन्दर गोल महत्वपूर्ण बन्यो । रोमानियाभन्दा बलियो टिम भएपनि फ्रान्स पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको थियो ।
५७ औं मिनेटमा ओलिभर जिरउडले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । त्यसको ८ मिनेटपछि नै रोनामियाले पेनाल्टीको अवसर पायो ।
यो अवसरलाई सदुपयोग गर्दै बोग्डान स्टानकुले रोमानियाका लागि बराबरी गोल फर्काए । १–१ को बराबरी भएको अवस्थामा ८९ औं मिनेटमा वेष्ट ह्यामका पेयटले फ्रान्सका लागि ३० यार्डबाट बल प्रहार गर्दै सुन्दर विजयी गोल गरे ।
गएको नोभेम्बरमा यही रंगशाला स्टेड डी फ्रान्समा एक सय ३० जना मारिने गरी आतंककारी आक्रमण भएको थियो । त्यसअघि एन्टोनी ग्रिजम्यानले गरेको हेडर गोल हुन सकेको थिएन । रोमानियाले पनि गोल गर्ने केही राम्रा मौका बनाएको थियो ।
फ्रान्सले घरेलु मैदानमा भएका प्रतियोगितामा उपाधि आफ्नो पक्षमा पारेको विगतको इतिहास छ । सन् १९८४ को युरो तथा १९९८ को विश्व कप फुटबल आयोजना गरेको फ्रान्सले उपाधि जितेको थियो ।
यसपटक पनि आयोजक राष्ट्र भएकाले युरोकपको उपाधिको बलियो दाबेदारमा फ्रान्सलाई हेरिएको छ । खेलका लागि सुरक्षा व्यवस्था कडा पारिएको थियो ।
यसपटकदेखि प्रतियोगितामा २४ टोलीलाई समावेश गरिएको छ । फ्रान्सका विभिन्न १० शहरमा हुने प्रतियोगितामा सहभागि राष्ट्रलाई ६ समूहमा विभाजन गरिएको छ ।
प्रत्येक समूहका विजेता र उपविजेतासँगै तेस्रो स्थानमा रहने ६ टोली मध्येबाट उत्कृष्ट चार टोली प्रि क्वाटरफाईनलमा पुग्नेछन् ।


from ARENA http://ift.tt/21dKuhz
via IFTTT

0 comments:

Post a Comment

add

 
Top