Photo of Milford Sound in New Zealand

असार ५।  अल्बानियाले रोमानियालार्इ हराउँदै ठूलो प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ र युरो कप २०१६ नक आउट चरणमा पुग्ने सम्भावना जिवितै छ ।
ठूलो प्रतियोगितामा पहिलो जित दर्ता गर्ने क्रममा अल्बानियाले सोमबार विहान भएको खेलमा रोमानियालाई १-० गोल अन्तरले पराजित गरेको हो ।
लियोनमा भएको समूह चरणको अन्तिम खेलमा अल्बानियाको जितमा साडिकुले ४३ औं मिनेटमा विजयी गोल गरे ।
जितसँगै ४ अंकसहित समूह एको तेस्रो स्थानमा रहेको अल्बानिया तेस्रो स्थानमा रहेका चार उत्कृष्ट टिममा परेर नकआउट चरणमा पुग्ने सम्भावना कायमै छ ।
यदि अल्बानिया अन्तिम १६ मा पुगेमा उसले समूह बी वा समूह सीको विजेतासँग खेल्नु पर्ने हुन्छ ।
अल्बानियाले सुरुमा स्विट्जल्याण्ड र त्यसपछि फ्रान्ससँग हार व्यहोर्‍यो । तर, राम्रो प्रयास र संगठित टिमका कारणले अन्तिम खेलमा विजयी भए, जसका लागि उनीहरु योग्य थिए ।
अल्बानियाले फ्रान्समा जुन प्रदर्शन गरेको छ, उनीहरुका जीवन्त र भावुक समर्थकहरु शायद खुसी होलान् । यो जित रोमानियामाथि सन् १९४८ पछि पहिलो पटक हो ।
उसो त खेलमा सुरुको २५ मिनेट त इतिहास दोहारिने संकेत थियो । किनकी खेलमा रोमानिया हाबी भएको थियो । उसको बल पोजिसन ६२ प्रतिशत थियो ।
तर, खेल सकिँदासम्म गोल प्रयासमा अल्बानिया राम्रो देखिएको थियो । रोमानियाको १६ सट्स रहेकोमा ३ मात्र फ्रेममा परेको थियो भने अल्बानियाको १४ शट्स रहेकोमा ५ फ्रेममा थियो ।


from ARENA http://ift.tt/1XyJeaq
via IFTTT

0 comments:

Post a Comment

add

 
Top